केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ । देशका केही स्थानमा मनसुनी वायुको प्रभाव कायम रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकीको केही भाग र लुम्बिनीको पूर्वी क्षेत्रमा मनसुन सक्रिय छ भने अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बाँकी क्षेत्रमा २–३ दिनभित्र मनसुन फैलिने सम्भावना छ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ भने कोशी र मधेशका केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
आज राति पनि अधिकांश स्थानमा बदली रहने, कोशीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। साथै तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना पनि रहेको छ।
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
कार्तिक २४, २०८३