नवलपरासीमा बालभेला: पहिलाे बैठकबाटै १६ बुँदे सुझाव
परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा सोमबार जिल्ला स्तरीय बालभेलाले जिल्ला स्तरीय बाल सञ्जाल गठन गरेकाे छ ।
भेलाले सुनवल नगरपालिकाका आदर्श भण्डारीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला स्तरीय बाल सञ्जाल सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा प्रतापपुरकी महिमा चमार, सचिवमा बर्दघाटका साहिदअलि मिया, कोषाध्यक्षमा सरावलका कुशल भण्डारी, सहसचिवमा पाल्हीनन्दनकी चन्दनी कुमारी गुप्ता लाई सर्वसम्मत चयन गरेको हो । यस्तै सदस्यहरुमा सुस्ताका विवेक प्रजापती र रामग्रामकी अन्जली हरिजन सर्वसम्मत चयन हुनु भएको हो । सर्वसम्मत चयन ७ सदस्यीय समितिको पहिलो बैठकले सञ्जालमा थप दुई जना (जनजाती र अपाङ्गता) क्षेत्रका बालबालिका चयन गर्ने निर्णय गरेको छ ।
बाल सञ्जालकाे पहिलाे बैठकले १६ बुँदे सुझाव सहित सबै जिम्मेवार निकाय र स्थानीय तहलाई काम गर्न अनुराेध गरेकाे छ । बालबालिकाकाे अधिकार सुनिश्चित तथा कार्यनयनका लागि हाम्राे सुझावलाई हातेमालो गरि अगाडि बढ्न अनुराेध गरिएकाे बाल सञ्जालका अध्यक्ष आदर्श भण्डारीले बताउनु भएकाे छ ।
जिल्ला समन्वय समिति नवलपरासीकाे आयाेजना तथा सेभ द चिल्ड्रेन इन्टरनेशनल, पिस नेपाल तथा बाल अधिकारका लागि नागरिक सञ्जाल लुम्बिनी प्रदेशको प्राविधिक सहयोगमा भएको बाल भेलाकाे उद्घाटन सत्रमा बाेल्दै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बालबालिका वर्तमानका साझेदार र भविश्यका कर्णधार रहेकाे बताउनुभयो । उहाँले जसरी बालबालिकाका अधिकार हुन्छ त्यस्तै कर्तव्यपनि रहेकोले साेहि अनुसार बालबालिकाहरू अगाडि बढन आवश्यक रहेकाे बताउनुभयाे ।
कार्यक्रमलाई समापन गर्दै समन्वय समिति प्रमुख यादवले धेरै समयपछि जिल्ला स्तरमा बालबालिकाको भेला भएकाे बताउनु भयाे । आज गठन भएकाे बाल सञ्जालले सातैवटै स्थानीय तहमा सक्रिय हुने र महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्थ रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षा विकास समन्वय इकाई नवलपरासीका शाखा अधिकृत नवीन पाेखरेल, बालअधिकारका लागि लुम्बिनी प्रदेश स्तरीय नागरिक सञ्जालका सदस्य एवं इन्द्रेणी सामाजिक विकास मञ्चका कार्यकारी निर्देशक पुष्पराज आचार्य, पिस नेपाल कपिलबस्तुका योगेन्द्र बुढा लगायतले बोल्नुभएको भने कार्यक्रम सञालिका एवं सुनवल बालसञ्जालकी अध्यक्ष कृपा घिमिरे जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
अज्ञात वस्तु काट्ने क्रममा पड्किँदा दुई जना घाइते
दाङमा टिपरको ठक्करबाट बालकको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
बुढीगण्डकीको बाढीले सल्लेरी बजार र हाइड्रोको क्याम्प बगायो
पोखरा स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
कार्तिक २३, २०८३