दिवा खाजामा सुन्तला रङको सखरखण्ड
दिवा खाजा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई पनि प्रत्यक्ष लाभ पुग्ने ढकालले भन्नुभयो ।
नवलपरासी । रुपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको पोषण सुधार तथा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिएकाे छ ।
पौष्टिक तत्वले भरिपूर्ण तथाभिटामिन ‘ए’ बढी पाउने सुन्तला रङको सखरखण्डलाई दिवा खाजामा मिसाएर विद्यार्थीहरू खुवाउन गाउँपालिकाले सुरू गरेकाे छ । जसले स्वास्थ्य, वृद्धि विकास र पढाइ क्षमतामा सकारात्मक प्रभाव पर्ने उद्देश्यले सुन्तला रङको सखरखण्ड दिवा खाजामा मिसाएर खुवाउन थालिएकाे गाउँपालिका अध्यक्ष नवराज ढकालले बताउनु भएको छ । गाउँपालिकामा रहेका १९ सामुदायिक विद्यालयको दिवा खाजा मार्फत बालबालिकालाई कुपोषणबाट बचाउनका लागि सुन्तला रङ्गको सखरखण्ड खुवाउने कार्यक्रमलाई अगाडि बढाएका हौं, उहाँले भन्नुभयो । .jpg)
त्यस्तै संस्थागत विद्यालयका प्रधानध्यापक तथा सञ्चालकहरु संग पहिलो चरणको छलफल भएको छ । त्यहाँ पढ्ने बालबालिकाहरु लाई पनि सुन्तला रङको सखरखण्ड दिवा खाजा मार्फत खुवाउने छौं । यसको मुख्य उद्देश्य नै गाउँपालिकाबाट कुपोषण फाल्नु हो, उहाँले भन्नुभयो ।
सुरुमा गाउँपालिका भित्र धेरै क्षेत्रफलमा खेति गर्ने ७ जना किसानहरु र महिला स्वयंसेविकाहरुलाई लगाउन बाहिरबाट वीउ मगाएर खेति गर्न लगाइएको छ । र पछि समुदाय स्तरमा पनि विस्तार गर्नेछौं उहाँले भन्नुभयो । दिवा खाजा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादनलाई प्राथमिकता दिँदा किसानलाई पनि प्रत्यक्ष लाभ पुग्ने ढकालले भन्नुभयो । यसको बजारीकरण भयो भने किसानहरुको राम्रो आम्दानीको स्रोत बन्ने उहाँले भन्नुभयो ।
स्थानीय उत्पादन खाद्य पदार्थलाई विद्यालयको दिवा खाजामा समावेश गर्नु दीगो पोषण व्यवस्थापनका लागि महत्वपूर्ण कदम हो । यसले बालबालिकामा अस्वस्थकर तथा हानिकारक खानाको निर्भरता घटाउन मद्दत गर्ने कञ्चन गाउँपालिका हरैया मावि विद्यालयका दिवा खाजाका सम्बन्धित शिक्षक भरत शर्माले बताउनु भएको छ । अहिलेसम्म विद्यालयमा खिर, हलुवा, समोसा लगायतको दिवा खाजा खुवाइएको थियो । ति सबै दिवा खाजा परिकारहरमा सुन्तला रङ्गको सखरखण्ड मिसाएर खुवाउन सकिन्छ, उहाँले भन्नुभयो ।
हेलेन केलरको संस्थाको प्राविधिक सहयोगमा सुरु गरिएको सुन्तला रङ्गको सखरखण्ड बंगलादेशबाट मगाएर नेपालमा यसको खेति सुरु गरिएको परियोजना संयोजक भिमा पराजुलीले बताउनु भएको छ । उहाँले भन्नुभयो, हामि कञ्चन गाउँपालिकामा पोषणको क्षेत्रमा काम गर्दैजाँदा सुन्तला रङ्गको सखरखण्डमा भिटामिन ‘ए’ तथा पोषण धेरै पाउने भएपछि गाउँपालिका संगको सहकार्यमा दिवा खाजामा सुन्तला रङ्गको सखरखण्ड खुवाउने कार्यक्रमलाई प्राविधिक सहयोग गरिरहेका छौं । जस्मा खेति गर्नुदेखि दिवा दिवा खाजामा कसरी मिसाएर खुवाउने भनेर गाउँपालिका भित्रका १९ वटै विद्यालयका दिवा खाजा सम्पर्क सरहरुलाई तालिम दिएका छौं ।
 (1).jpg)
कार्तिक २३, २०८३