लुम्बिनी प्रदेशमा २९ हजारभन्दा बढी बालबालिका कुलतमा

बालबालिकामा लागुऔषध सेवन, मदिरा तथा सुर्तीजन्य पदार्थ प्रयोग, मोबाइल तथा इन्टरनेटको अत्यधिक प्रयोग, विद्यालय छाड्ने प्रवृत्ति लगायतका समस्या बढ्दो अवस्थामा देखिएको छ ।

अनिल यादव

अनिल यादव

बैशाख ३१, २०८३ 113 views
2 Shares

दाङ्ग । लुम्बिनी प्रदेशमा बालबालिहरू विभिन्न किसिमका कुलतको जोखिममा परेका छन् । 

बिहिवार दाङमा सेभ द चिल्ड्रेनको सहयोग तथा पिस नेपालको आयोजनामा सुरू भएको बालअधिकार अनुगमन तालिममा बोल्दै लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशमा धेरै बाबालिकाहरू कुलतमा फसेको बताउनुभयो । उहाँले भन्नुभयो, एक तथ्यांकले लुम्बिनी प्रदेशमा २९ हजार ९३० बालबालिका कुलतमा फसेको देखाएको छ । त्यसका लागि प्रदेश सरकार संगै बालअधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाले रणनितिक तरिकाले काम गर्न आवश्यकता रहेको उहाँले भन्नुभयो ।

Advertisement

राष्ट्रिय जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशमा १७ लाख ८३ हजार १२ बालबालिकाहरु रहका छन् । बालबालिकामा लागुऔषध सेवन, मदिरा तथा सुर्तीजन्य पदार्थ प्रयोग, मोबाइल तथा इन्टरनेटको अत्यधिक प्रयोग, विद्यालय छाड्ने प्रवृत्ति लगायतका समस्या बढ्दो अवस्थामा देखिएको छ । त्यसैले बालबालिका तथा युवाहरुमा मानसिक विकास गर्नुपर्ने मन्त्री तिमिल्सिनाले भन्नुभयो ।

पिस नेपालका अध्यक्ष मणि प्रसाद गैरेकाे अध्यक्षतामा सुरू भएकाे कार्यक्रममा बालअधिकार अभियनता एवं बाल अधिकारका लागि नागरिक संस्थाहरूकाे सञ्जाल लुम्बिनी प्रदेशका संयाेजक शालिकराम पाण्डेले कानुन निर्माण तथा नियमावलीहरू बने पनि कार्यन्वयन गर्नुपर्ने आवश्यक रहेको बताउनुभायो ।

सामाजिक सञ्जालको दुरुपयोग तथा चेतनाको कमीले कुलत जस्तो समस्या बढ्दै गएकोले  बालबालिकालाई कुलतबाट जोगाउन स्थानीय सरकार संग सहकार्य गर्दै अभिभावक, विद्यालय, समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बालअधिकारकर्मीहरु ले बताउनु भएको छ ।

ट्यागहरू: कुलत
लेखक: अनिल यादव
सेयर गर्नुहोस्: