नवलपरासीमा बस दुर्घटना: १६ जना घाइते

जनविचार

जनविचार

बैशाख २६, २०८३ 98 views
3 Shares

नवलपरासीमा यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

आज (शनिवार) बेलुका साढे ६ बजेकाे समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका–४ एस. माेडमा पोखराबाट महेन्द्रनगर जाँदै गरेको ना ७ ख ५२६० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वीर दत्त पन्तले जानकारी दिनुभएको छ ।

घाइतेहरू लाई इलाका प्रहरी कार्यालय बर्दघाटले उद्धार गरी उपचारका लागि चिसापानी अस्पतालमा पठाइएको सूचना अधिकारी पन्तले बताउनु भएकाे छ । बसमा ३१ जना यात्रु सवार रहेका थिए।दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था मध्यम तथा अधिकांशको अवस्था सामान्य उहाँले भन्नुभयाे ।

बस चालक कञ्चनपुर बेदकोट नगरपालिका–७ बस्ने ३८ वर्षीय दीपक धामीलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेहरूको नामावली

१) कास्की जिल्ला पोखरा महानगरपालिका–१५ बस्ने वर्ष ५४ का युवराज पौडेल — नाक र निधारमा चोट, अवस्था मध्यम।

२) नवलपरासी (बर्दघाट) नगरपालिका–१३ बस्ने वर्ष ७८ का शोभाखर चापागाईं — छातीमा भित्री चोट, अवस्था मध्यम।

३) कैलाली जिल्ला गोदावरी नगरपालिका–१ बस्ने वर्ष ६८ की पुनी कडायत — छातीमा भित्री चोट, अवस्था मध्यम।

४) ऐ.ऐ. बस्ने वर्ष ६८ का बृद्धी सिंह कडायत — बाँया हात र गालामा चोट, अवस्था सामान्य।

५) नवलपरासी (ब.सु.प.) कावासोती नगरपालिका–१ बस्ने वर्ष २१ का तवारक मियाँ — हात र कानमा चोट, अवस्था सामान्य।

६) भारत, लाविचपुर बस्ने वर्ष ३५ का मोहम्मद दिलसाद — कानमा चोट, अवस्था सामान्य।

७) बर्दिया जिल्ला बाँसगढी नगरपालिका–६ बस्ने वर्ष ११ का अनुस अधिकारी — दाहिने आँखा मुनि चोट, अवस्था सामान्य।

८) ऐ.ऐ. बस्ने वर्ष ३२ की रितु अधिकारी — बाँया हात र निधारमा चोट, अवस्था सामान्य।

९) ऐ.ऐ. बस्ने वर्ष ४५ का दिल बहादुर पुरी — दाहिने आँखा मुनि चोट, अवस्था सामान्य।

१०) ऐ.ऐ. बस्ने निजको श्रीमती वर्ष ४१ की सावित्रा पुरी — कम्मरमा चोट, अवस्था सामान्य।

११) ऐ.ऐ.–७ बस्ने वर्ष ५० की लक्ष्मी थापा — छातीमा चोट, अवस्था सामान्य।

१२) कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका–४ बस्ने वर्ष २० की पूजा राना — टाउकोमा चोट, अवस्था सामान्य।

१३) ऐ.ऐ. बस्ने निजको बुबा वर्ष ४७ का अमर सिंह राना — दाहिने कानमा चोट, अवस्था सामान्य।

१४) कैलाली जिल्ला गोदावरी नगरपालिका–६ बस्ने वर्ष ३२ का नारायण बिष्ट — अनुहारमा चोट, अवस्था सामान्य।

१५) तनहुँ जिल्ला भिमाद नगरपालिका–१ बस्ने वर्ष २९ का इरफान अली — दाहिने हात र बाँया कुममा चोट, अवस्था सामान्य।

१६) विदेशी नागरिक इजरायलका वर्ष २१ का LIHI RUBEN — नाकमा चोट, अवस्था सामान्य।

ट्यागहरू: दुर्घटना
लेखक: जनविचार
सेयर गर्नुहोस्: