देबदहमा बस र ईभी ठोक्किँदा २ को मृत्यु, २८ घाइते

जनविचार

जनविचार

बैशाख १६, २०८३ 112 views
1 Shares

रूपन्देही । रूपन्देही जिल्लाको देबदह नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बस र ईभी हाईस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।

बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बा.प्र.०१००६ ख ८९२८ नम्बरको ईभी हाईस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइतेहरूकाे देबदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

मृतकहरूकाे नाम खुल्न नसकेकाे र दुर्घटनाकाे कारण वारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

ट्यागहरू: दुर्घटना
लेखक: जनविचार
सेयर गर्नुहोस्: