७० स्काउट प्रतिनिधिहरुलाई विपद् व्यवस्थापनको विशेष तालिम
उहाँले भन्नुभयो बिपद्को समयमा स्काउटको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै प्रदेश सरकार तर्फबाट ३० लाख रुपैयाँ बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता छ ।
नवलपरासी । देशभरका ७० स्काउट प्रतिनिधिहरुलाई विपद् व्यवस्थापन सम्बन्धी तालिम आजदेखी सुरु भएको छ । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा तालिम आजदेखी नवलपरासीको बर्दघाट नगरपालिकामाको नेपाल सिमा सुरक्षा तालिम शिक्षालयमा सुरु भएको हो ।
तालिमको पहिलो दिन उद्घाट गर्दै लुम्बिनी प्रदेश सकारको युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेले समाजलाई सबैको योग्दान आवश्यक रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो, विपद् व्यवस्थापन प्रहरी र नेपाली सेनाले मात्रै चाहेर समाधान गर्न गाह्रो छ । तर सबै नागरिक र समाजका अगुवाहरुले हातेमालो गरी अगाडि बढे विपद्लाई रोक्न तथा समाधान गर्न सकिन्छ ।
हाम्रो समाजमा आफ्नो दायित्व पुरा नगरि समाजिक सञ्जालमा टीकाटिप्पणी गर्नेहरुको संख्य बढि रहेको छ । तर सबैले आ–आफ्नो ठाँउबाट समाज निर्माणमा सहयोग गर्नुपर्छ उहाँले भन्नुभयो । उहाँले भन्नुभयो बिपद्को समयमा स्काउटको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै प्रदेश सरकार तर्फबाट ३० लाख रुपैयाँ बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता गर्दछु ।.jpg)
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले नेपालको भौगोलिक बनावटले विपद्का धेरै चुनौतीहरुको समाना गर्नुपर्ने बाध्यता रहेको बताउनु भएको छ । तर पनि सिमित श्रोत र साधनका बिच नेपाली सुरक्षा निकायसंगै समाजिक क्षेत्रमा काम गर्ने नेपाल स्काउट जस्तो संस्थाले धेरै सहयोग हुँदै आएको उहाँले भन्नुभयो ।
नेपाल स्काउटका राष्ट्रिय कार्यबहाक प्रमुख आयुक्त ईन्दु सुवेदीले नेपाल स्काउटको मुलभूत उदे्श्य संकटको समयमा सहकार्य गर्दै राज्यलाई सहयोग तथा विपद्मा परेका नागरिकहरु उद्धार गर्नु रहेको भन्नुभयो । स्काउट जहिले पनि देश र जनतालाई विपद्को घडिमा सहयोग गर्न सदैव तत्पर रहने गौरवशाली संस्थाको रुपमा रहेको उहाँले भन्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश स्काउट आयुक्त प्रमुख दिनानाथ भट्टले विपद्का समयमा आम नागरिकलाई राष्ट्र प्रेमसंग जोडर काम गर्न नेपाल स्काउट प्रेरित गर्दै काम गरिरहेको बताउनु भएको छ । हामिले हरेक अफठ्यारोहरुलाई कसरी सामाधान गर्ने त्यसका लागि सिपयुक्त ज्ञान सहितको जनशक्ति तयार गर्न नेपाल स्काउट लागि परेको उहाँ बताउनु भएको छ ।
तालिमका कमान्डर प्रशिक्षक पवन कोईरालाले तालिमको उद्ेश्य विपद्का समयमा आवश्यक पर्ने सीपयुक्त कुराहरु सिकाउनने रहेको भन्नुभएको छ । जस्मा घाइतेहरूको प्राथमिक उपचार, खोज तथा उद्धार, भीड व्यवस्थापन, मनोपरामर्श, साइबर सुरक्षा सम्बन्धी ज्ञान विभिन्न प्रकारका डोरी (रोप) को प्रयोग, वाकी–टकीको प्रयोग, रेस्क्यु प्रविधि, शव व्यवस्थापन तथा फायर फाइटर सम्बन्धी प्रशिक्षण प्रदान गरिने उहाँले भन्नुभयो ।
तालिममा सातै प्रदेशबाट छनौट भएका ४० जना पुरुष र ३० जना महिला गरी ७० जना स्काउट प्रतिनिधि सहभागी रहेको लुम्बिनी प्रदेशका कार्यालय प्रमुख तारा पुरीले जानकारी दिनु भएको छ ।
कार्तिक २४, २०८३