नवलपरासीमा सवारी दुर्घटनाबाट १३ वर्षिय बालक मृत्यु

जनविचार

जनविचार

चैत १९, २०८२ 160 views
1 Shares

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ जमुनिया स्थित हुलाकी सड्कमा विहान साढे १० बजे भएको सवारी दुर्घटनमा एकजना बालकको मृत्यु भएको छ । 

परासीबाट बरुवा तर्फ जाँदै गरेको लु २ ख १०१४ नम्बरको फोर्स (हाई जस्तै देखिने) गाडिले पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिएपछि साईकल सवार १३ वर्षिय विश्वास चौधरीको दुर्घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी बीर दत्त पन्तले बताउनु भएको छ । दुर्घटनाबाट मृत्यु हुने बर्दघाट नगरपाललिका १२ सपैयाका हुन् । 

Advertisement

रामग्राम नगरपालिका ४ जितपुर बस्ने सवारी चालक लक्ष्मण तिवारी र सवारी दुबै प्रहरीको नियन्त्रणमा रहेको सूचना अधिकारी पन्तले बताउनु भएको छ । 

लेखक: जनविचार
सेयर गर्नुहोस्: