मौसम पूर्वानुमानः हावाहुरी, चट्याङ्ग् सहित वर्षाको सम्भावना

थोरै स्थानमा मेघगर्जन, चट्यागं, हावाहुरी र असिना सहितको मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

जनविचार

जनविचार

चैत १७, २०८२ 91 views
0 Shares

नवलपरासी । नेपाल मौसाम पूर्वानुमान शाखाले अगामी तीन दिन हावाहुरी र चट्याङ्ग् सहितको वर्षाको सम्भावना रहेको जनाएको छ । नेपालमा पश्चिमी वायू, स्थानीय वायू तथा पूर्वी भू-भाग नजिक रहेको न्यून चापिय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जनाएको छ । 

हाल कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ । भने तराईको भू-भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेश र मधेश प्रदेश लगात देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै कोशी प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग्, हावाहुरी र असिना सहितको मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

Advertisement

भोली (बुधवार) बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली र लुम्बिनी प्रदेशको हिमाली स्थानमा मेघगर्जन, चट्याङ्ग्, हावाहुरी र असिना सहितको हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

विहिवार दिउँसो र राती कोशी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली स्थानमा मेघगर्जन, चट्याङ्ग्, हावाहुरी र असिना सहितको मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

लेखक: जनविचार
सेयर गर्नुहोस्: