नवलपरासी पत्रकार महासंघले स्थापना दिवस मनायो

विभिन्न समयमा गठन भएका केही सरकारहरुले नागरिकको अधिकार कुण्ठित गर्ने प्रयास गरेको बताउँदै अहिलेको सरकारबाट आफूहरुले त्यो अपेक्षा नगरेको बताउनुभयो ।

अनिल यादव

अनिल यादव

चैत १६, २०८२ 179 views
1 Shares
नवलपरासी पत्रकार महासंघले स्थापना दिवस मनायो

नवलपरासी । नेपाल पत्रकार महासंघकाे ७१ औं स्थापना दिवस जिल्ला शाखा नवलपरासीले मनाएकाे छ । महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुली अध्यक्षतामा महासंघले दिप प्रज्वलन गरि मनाएकाे हाे ।

वि.स. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ भनेर गठन भएकाे थियाे । र  वि.स. २०५३ जेठ २९ गते महासंघमा रूपान्तरण भएर नेपाल पत्रकार महासंघ स्थापना भइ प्रत्येक वर्ष चैत्र १६ गते देशभर स्थापना दिवस मनाइदै आएकाे छ ।

सोही क्रममा आज जिल्ला शाखा नवलपरासीले पनि परासीकाे बुद्धचोकमा दिप प्रज्ज्वलन गरेर स्थापना दिवस मनाएको हो । दिप प्रज्वलनपछि महासंघले शाखा अध्यक्ष पराजुलीकाे अध्यक्षतामा कोण सभा गरेकाे थियाे ।

कोण सभालाई सम्बाेधन गर्दै निवर्तमान अध्यक्ष हरि शर्माले नागरिकको अभिव्यक्ति स्वतन्त्रताका लागि नेपाली पत्रकारहरु जहिले पनि लड्दै आएको बताउनुभयो । विभिन्न समयमा गठन भएका केही सरकारहरुले नागरिकको अधिकार कुण्ठित गर्ने प्रयास गरेको बताउँदै अहिलेको सरकारबाट आफूहरुले त्यो अपेक्षा नगरेको बताउनुभयो ।

1000287966.jpg
नागरिक अभिव्यक्ति स्वतन्त्र कुण्ठित गर्न खोजे नेपाली पत्रकारिताले जनताका लागि खबरदारी गर्ने भन्दै पत्रकारितामा भएका कानुन कार्यान्वयन र आवश्यक कानुन निर्माण गरेर नेपाली पत्रकारितालाई अघि बढाउन पनि नयाँ सरकारसँग शर्माले माग गर्नुभयो । 

कार्यक्रममा जिल्लामा सञ्चालित सञ्चार संस्थाका प्रमुख, पत्रकार, सञ्चारकर्मीलगायत रामग्राम क्षेत्रका युवाहरुको सहभागिता रहेको थियो । 

Advertisement

 

ट्यागहरू: fnj पत्रकार
लेखक: अनिल यादव
सेयर गर्नुहोस्: