नवलपरासी सवारी दुर्घटनामा ३ को मृत्यु १५ घाइते

जनविचार

जनविचार

चैत १४, २०८२ 78 views
0 Shares

नवलपरासी । नवलपरासीमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

१५ जना घाइते भएका छन् । आज(शनिबार) बिहान १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीन वटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले बताउनु भएकाे छ ।

पूर्वबाट पश्चिम(बुटवलतर्फ) जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो । ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो । ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको डिएसपी पन्तले जानकारी दिनुभयो । 

मृतक र घाइतेका नामहरू:

मृतक

गोबिन बुढा (२५) – रोल्पा बागमारा
पहिचान नखुलेका पुरुष (अन्दाजी २५/२६ वर्ष)
पहिचान नखुलेका पुरुष (अन्दाजी २५/२६ वर्ष)

घाइते (बुटवल सिटी अस्पताल – मध्यम अवस्था)

हिमाल घर्ती (२४) – रोल्पा माडी, बस चालक
किरण पुन (१९) – रोल्पा माडी
मरिचमान घर्ती – रोल्पा परिवर्तन–४
सुशिला नेपाली (४८)
मोतिलाल डाँगी (५८)
झुपबहादुर घर्ती (६२)
तीर्थबहादुर पुन (६२)
सागर चौधरी (२४) – बर्दिया बारबर्दिया–७, ट्रक चालक
जीवन चौधरी (१९) – बर्दिया बारबर्दिया–७
लोकराज ओझा (२८) – कञ्चनपुर कृष्णपुर–६
लक्ष्मी खत्री (२८) – काठमाडौँ
खीमबहादुर नेपाली (४९) – दाङ घोराही–३
पहिचान नखुलेकी महिला (अन्दाजी २५ वर्ष)

घाइते (चिसापानी अस्पताल बर्दघाट – सामान्य अवस्था)

विशाल चेपाङ (३१) – चितवन इच्छामनकामना–१
आशिष गुरुङ (२९) – चितवन रत्ननगर, पिकअप चालक

Advertisement
लेखक: जनविचार
सेयर गर्नुहोस्: