दाउन्ने सड्क पानी नपरे साँझसम्म दुइतर्फी सञ्चालनको तयारी
शुक्रवार परेको अविरल वर्षाका कारण बाटो हिलामय भइ चिप्लिएपछि सड्क दुइतर्फी सञ्चानलमा रोक लगाएको थियो
नवलपरासी । अवरुद्ध नारायणगढ–बुटवल सड्क दुइतर्फी सञ्चालनका लागि काम भइरहेको नारायणगढ–बुटवल सड्क योजना (पश्चिम खण्ड)को कार्यालयले जनाएको छ ।
उक्त सड्क खण्डको दाउन्ने बजारमा ग्राभेल हाल्ने काम भइरहेको छ । आज दिनभरी मौसम सफा भए साँझसम्म दुइतर्फी सञ्चालनमा ल्याउने तयारी रहेको नारायणगढ–बुटवल सड्क योजना (पश्चिम खण्ड)का सूचना अधिकारी विकास खनालले जानकारी दिनुभएको छ ।
निर्माणधिन उक्त सड्कको दाउन्ने बजारमा कलभर्ट निर्माण कार्यभइरहेको छ । शुक्रवार परेको अविरल वर्षाका कारण बाटो हिलामय भइ चिप्लिएपछि सड्क दुइतर्फी सञ्चानलमा रोक लगाएको थियो । शनिवारदेखि नै बाटोको मर्मत गर्ने कार्य भइरहेको उहाँले भन्नुभयो ।
राती पानी नपरेपछि बाटोलाई थोरै मर्मत गरेर आज विहानदेखि मालवाहक सवारी बाहेक हल्का सवारीसाधनहरुलाई एकतर्फी सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी बीर दत्त पन्तले बताउनु भएको छ ।
बाटो एकतर्फी सञ्चालनमा आएपनि पुर्णरुपमा सञ्चालन नभएको कारणले हजारौ यात्रुहरु अलपत्र परेका छन् । नारायणगढ–बुटवल सड्कको दाउन्नेमा क्षेत्रमा निर्माण काम सम्पन्न नभएको कारणले वर्षामा हिलामय र घाम लाग्दा धुलामय हुन्छ ।
सम्बन्धित समाचार
नवलपरासीमा भन्सार छली ल्याइएको १४ लाखभन्दा बढीको मदिरा बरामद
दाउन्नेमा बस दुर्घटना पाँच जना घाइते
नवलपरासीमा हावाहुरीले बिद्युतमा क्षति, मर्मत गरि बत्ती दिने प्रयास जारी
नवलपरासीका पाँच स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतकाे सरूवा
कार्तिक २४, २०८३