दश महिनामा रामग्राम स्तूपमा साढे १७ हजार पर्यटकको भ्रमण
नवलपरासी, १४ मंसिर । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ७ उजैनी स्थित रामग्राम स्तूप विश्वभरीमा बुद्धको एकमात्र सिंगो अस्तु धातु भएको ठाँउ हो । जुन पछिल्लो समय पर्यटकहरुको पहिलो रोजाई मध्ये परेको छ ।
रामग्राम स्तूपमा सन २०२५ को जनवरी १ देखि अक्टोबर अन्तिमसम्म १० महिनामा १७ हजार ४१७ पर्यटकहरु भ्रमण गरेको रामग्राम स्तूप विकास कोषका पर्यटन सहायक कर्मचारी अरविन्द चौधरीले बताउनु भएको छ । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यसवर्ष पर्यकटकहरुको संख्या बढदो क्रममा रहेको छ । अहिले १० महिनामा मात्रै गतवर्ष भन्दा ३ हजार ७३८ बढी पर्यटकहरु स्तूपमा अवलोकन तथा घुमघाम गरेका छन् । सन् २०२४ वर्ष भरीमा १३ हजार ६७९ पर्यटक मात्रै भ्रमण गरेका थिए ।”
रामग्राम स्तूपमा सबैभन्दा बढी थाईलैन्डका ६ हजार ६६८ पर्यटकहरु अवलोकन तथा भ्रमण गरेका छन् । माथिल्ले मुस्ताङ्गका २ हजार ३७९ र चिनका २ हजजार ३२७ जनाले भ्रमण गरेका छन् । यस्तै १ जना पर्यटक युगान्डाको पनि भ्रमण गर्न आएको पर्यटन सहायक चौधरीले बताउनु भयो । स्तूपमा नेपाल बाहेक ३६ देशका पर्यटकहरु भ्रमण गरेका छन् ।
रामग्राम स्तूपमा पछिल्लो समय पर्यटकहरु बढ्न थालेपछि स्थानीयहरुले पनि खाजानास्ताको व्यवसाय साञ्चालन गरि रोजगारी पाएका छन् ।
सम्बन्धित समाचार
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्याली
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम
नेपाल तरुण दलको निर्वाचन लक्षित रामग्राम नगर तरुण दल गठन
कार्तिक २३, २०८३