बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्‍याली

प्रचारप्रसारको अभावले ओझलेमा परेपछि पछिल्लो केहि वर्षदेखि नगरपालिकाले पण्डितपुर रामग्राम स्तूपलाई विशेष प्राथ्मिकताको साथ अगाडि बढाएको छ ।

अनिल यादव

अनिल यादव

बैशाख १८, २०८३ 189 views
1 Shares
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्‍याली

नवलपरासी। २५७० औं बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले वृहत साइकल र्‍याली गरेको छ ।

कोलिया गणराज्यको पण्डितपुरबाट रामग्राम स्तूप सम्म साइकल र्‍याली गरिएको हो । नगरपालिकाको मुख्य पर्यटकीय स्थलको रुपमा रहेको यी दुबै ठाउँको प्रचारप्रसारका लागि साइकल र्‍याली निकालिएको रामग्राम नगरपालिकाका मेयर धनपत यादवले बताउनु भएको छ । विशेषगरी लुम्बिनी विकास कोषको गुरुयोजनामा पर्ने रामग्राम स्तूप ओझेलमा परेपछि रामग्राम विकास कोष खडा गरेर आफ्नै तरिकारले यी पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा नगरपालिकाले ध्यान पुर्याएको उहाँले भन्नुभयो ।20260501_102941.jpg

Advertisement

मेयर यादव भन्नुहुन्छ, बुद्ध संग जोडिएको विभिन्न महत्वपूर्ण पर्यटकीय स्थलहरु मध्ये रामग्राम स्तूप पनि हो । तर प्रचारप्रसारको अभावले ओझलेमा परेपछि पछिल्लो केहि वर्षदेखि नगरपालिकाले पण्डितपुर रामग्राम स्तूपलाई विशेष प्राथ्मिकताको साथ अगाडि बढाएको छ ।

साइकल र्‍यालीमा लुम्बिनी प्रदेश सभा सासंददेखि नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी युवा, विद्यार्थी, समाजसेवि लगायतको सहभागिता रहेको थियाे ।
20260501_102912.jpg

ट्यागहरू: बुद्ध जयन्ती
लेखक: अनिल यादव
सेयर गर्नुहोस्: