महिनौ दिनदेखि बढ्दो चिसोमा छैन् राहत, केही पालिका आजदेखि मात्रै सुरु गर्दै
नवलपरासी, २० पुस । पश्चिम नवलपरासीमा करिब महिना दिनदेखि चलेको शीतलहरले जनजीवन प्रभावित बनेको छ ।
विहवारदेखि शुक्ररवार सम्म दुईदिन घाम लागेपनि शनिवारदेखि फेरी शीतलहर पुरानै अवस्थामा फर्केपछि यहाँका सर्वसाधारणहरुको जनजीजन कष्टकर बनेको छ । तर विप्दको नाम लाखौं बजेटहरु छुट्याएका स्थानीय तहहरुले भने राहत वितरण चाँसो नदेखाएको पाईन्छ । करिब महिनौदिन देखिको शीतलहरमा केही पालिकाहरु राहत वितरण गर्ने तयारीमा जुटेपनि हाल सम्म राहत वितरण गरेको पाइएको छैन् ।
रामग्राम नगरपालिकाका मेयर धनपत यादवले भन्नुभयो, चिसोबाट बच्नका लागि नगरपालिकाले अहिले चोकचोकमा दाउरा खसाले आगो ताप्नसम्म व्यवस्था गरेको छ । तर राहत वितरणका लागि भोलि देखि अपाङ्ग तथा अशक्तहरुलाई न्यानो कपडा वितरण गर्नेछौं ।
बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले आजदेखि न्यानो कपडा वितरण सुरु गरेको बताउनु भएको छ । नगरपालिकाले वडा नं. ६ देखि न्यानो कपडा वितरण गर्न सुरु गरेको उहाँले बताउनु भएको छ ।
यसैगरी सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जेनजी आन्दोलन पछि विप्दको पैसा भवनका मर्मत तथा फर्निचर किन्नमा खर्च गरिएको बताउनु भएको छ । हामिसंग दाउरासम्म किन्नलाई पैसा नभएपछि पालिका भित्र रहेका छ वटा वनसमितिहरुलाई आ–आफ्नो ढंगले आवश्यकताको आधारमा दाउरा वितरण गरिदिन हुन पत्राचार गरेअनुसार दाउराहरु खसालिएको छ । र न्यानो कपडको लागि नेपाल रेडक्रस सोसाईटी नवलपरासी संग ७० कम्बल माग गरिएको भन्नुभयो ।
विहिवार र शुक्रवार घाम लागेपछि हामिले राहत वितरणमा ढिलाई गरेको प्रतापपुर गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत अनिता बि.क. थारुले बताउनु भयो । तर आजदेखि आगो ताप्नका लागि दाउराको व्यवस्थापन र न्यानो कपडा वितरण गर्नका लागि तयारीमा जुट्ने उहाँले भन्नुभयो ।
यता पाल्हीनन्दन गाउँपालिकाले भने अति विपन्नहरु लाई राहतको लागि आर्थिक सहयोग गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश गौडले जानकारी दिनुभएको छ । त्यसैगरी गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी नवलपरासीलाई न्यानो कपडा वितरणका लागि ३ लाख गाउँपालिकाबाट र १ लाख वडा नं. १ बाट सहयोग गरेको उहाँले भन्नुभयो । भने समाचार तयार पर्दा सम्म सुनवल नगरपालिकार र सुस्ता गाउँपालिकालाई फोन सम्पर्कगर्दा फोन उठेन ।
जिल्ला स्थित नेपाल रेडक्र सोसाइटीका अध्यक्ष राजेन्द्र अग्रहरीले पाल्हीनन्दन गाउँपालिकाको वडा नं. १ मा ८३ वटा कम्बल र कुश्मा, देवगाव, हकुई रेडक्रस उपशाखाहरुलाई २५ वटाको दरले कम्बल हस्तान्तरण गरिएको बताउनु भएको छ ।
सम्बन्धित समाचार
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्याली
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम
नेपाल तरुण दलको निर्वाचन लक्षित रामग्राम नगर तरुण दल गठन
कार्तिक २३, २०८३