सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो

नगरपालिकाको मुख्य द्धारको दक्षिणमा रहेको नदि छेउको ८ नम्बर जग्गालाई अतिक्रमण गरि बनाइएको भवनहरु पनि खाली गराउन उनिहरु माग

जनविचार

जनविचार

बैशाख १२, २०८३ 172 views
1 Shares
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासी बजार क्षेत्रको सड्क अतिक्रमित क्षेत्रलाई खाली गराएको छ । 

शुक्रवार नगरपालिकाले बजार क्षेत्रमा रहेका व्यापारिक पसल तथा मेडिकलहरु सड्क पेटीमा गरेको अतिक्रम खाली गराएका हो । रामग्राम नगरपालिकाका मेयर धनपत यादवले सड्क पेटी कब्जा गरि राखिएको होर्डिङ्ग बोर्ड, टहरा, ठेला लगायतको समानहरुबाट यात्रुलाई हिड्डुल गर्न असहजता भएपछि खाली गराइएको बताउनुभयो । 

Advertisement

उहाँले भन्नुभयो, “अक्रिमित समानहरुले यात्रुलाई असहजता संगै बजार क्षेत्रको सौन्र्दय समेत विगारेको थियो । धेरे गुनासो आएपछि सबैभन्दा पहिला माइकिङ्ग गरि सूचना जारी गरियो । र अटेरी गरेपछि डोजर सहित नगरप्रहरी, सुरक्षा निकाय र नगरपालिकाका कर्मचारीको सक्रियतामा सड्क पेटी खाली गराइएको हो ।”
नगरपालिकाको डोजर चलेपछि स्थानीय व्यवसायि तथा व्यपारिहरुले एकैछिन अवरुद्ध समेत गर्न खोजेका थिए । सबैलाई एकसमान व्यवहार गर्न भन्दै सबै ठाउँको अतिक्रमित क्षेत्र खाली गराउन उनिहरु माग गरेका छन् । 
नगरपालिकाको मुख्य द्धारको दक्षिणमा रहेको नदि छेउको ८ नम्बर जग्गालाई अतिक्रमण गरि बनाइएको भवनहरु पनि खाली गराउन उनिहरु माग गरेका छन् ।
 

लेखक: जनविचार
सेयर गर्नुहोस्: