पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम

“नगरपालिकाभित्र सबैभन्दा राम्रो प्रशंसा स्वास्थ्यकर्मीहरुको भएको ‘म’ पाउने गर्दछु । तर पनि स्वास्थ्यकर्मीहरु ले गर्न लाग्नु भएको स्वास्थ्य सम्बन्धी सेवाको प्रचार–प्रसार गर्न अझै आवश्यकता देखिएको छ ।”

जनविचार

जनविचार

चैत २४, २०८२ 160 views
5 Shares
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणाको तयारीमा रामग्राम नगरपालिका जुटेको छ । 

आज बसेको पालिका खोप समन्वय समिति र प्रजनन स्वास्थ्य समन्वय समितिको बैठकमा बोल्दै रामग्राम नगरपालिकाका मेयर धनपत यादवले खोप र प्रसुति सेवाको मापदण्ड नगरपालिकाले पुरा गरिसकेको हुनाले पूर्ण खोप सुनिश्चितता र दिगोपना तथा संस्थागत प्रसुति सेवायुक्त नगरपालिका घोषाण गर्न लागेको बताउनु भएको छ । 

Advertisement

मेयर यादवले पूर्ण खोप तथा संस्थागत प्रसुतिका लागि स्वास्थ्यकर्मीहरुले गरेको कामलाई धन्यवादन ज्ञापन गर्नुभएको छ । उहाँले भन्नुभयो, “नगरपालिकाभित्र सबैभन्दा राम्रो प्रशंसा स्वास्थ्यकर्मीहरुको भएको ‘म’ पाउने गर्दछु । तर पनि स्वास्थ्यकर्मीहरु ले गर्न लाग्नु भएको स्वास्थ्य सम्बन्धी सेवाको प्रचार–प्रसार गर्न अझै आवश्यकता देखिएको छ ।” 

घोषणका लागि नगरपालिका भित्र ३ हजार ४२६ जना बालबालिकाहरु लाई खोप लगाइएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनु भएको छ । जस्मा २३ जना बालबालिकाहरु खोप लगाउनबाट  बञ्चित भएका थिए । उनिहरुलाई यहि महिनामा लगाइएको उहाँले जानकारी गराउनुभएको छ । उनिहरु खोपबाट बञ्चित हुनुको कारण आफ्न्तीको घरमा वा बाहिर घुम्न जानु रहेको छ । तर त्यस्ता बालबालिकाहरु लाई गएको माघ, फागुन र चैत्र महिना भित्र घरधुरी सर्वेक्षण गरि पता लगाएर खोप पुरा गरेको उहाँले बताउनु भएको छ । 

त्यस्तै संस्थागत प्रसुति तर्फको मापदण्डमा  चार पटक सम्म गर्भ जाँच गरेको ९० प्रतिशत मापदण्डमा ९६.९४ प्रतिशत, दक्ष प्रसुतिकर्मीहरुको उपस्थितिमा स्वास्थ्य संस्थामै प्रसुति गराएको ९५ प्रतिशत मापदण्डमा ९९.७५ प्रतिशत, घरमा हुने प्रसुति मापदण्डको ० प्रतिशतमा ० प्रतिशत नै र प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाँच गराएको ९० प्रतिशत मपदण्डमा ९८. ६५ प्रतिशत स्कोर प्राप्त गरिसकेका छौं निरीक्षक हरिजनले भन्नुभयो ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका बरिष्ठ खोप अधिकृत भेषराज शर्माले पूर्ण खोप सुनिश्चितता तथा संस्थागत प्रसुति प्रत्येक वर्ष गर्नुको कारण हरेक दिन नयाँ बच्चाको जन्म र नयाँ महिला गर्भवती हुने भएको हुनाले प्रत्येक वर्ष घोषण गर्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, शिशु मृत्युदर र मातृ मृत्यु दर घटाउनका लागि यो कार्यक्र प्रत्येक वर्ष हुँदै आएको छ । लुम्बिनीमा मातृ मृत्युदर बढि भएको हुनाले यो कार्यक्रम सबैभन्दा पहिला नवलपरासीबाट सुरुवात भएको उहाँले भन्नुभयो । 4.jpeg


 

लेखक: जनविचार
सेयर गर्नुहोस्: