उद्योगको प्रदुषण नियन्त्रण र कार्यालयहरुमा सुशासन कायमकाे माग
नवलपरासी, २ मंसिर । जिल्ला प्रशासन कार्यायल नवलपरासीले गरेको सार्वजनिक सुनवाइ तथा सुझाव संकलनमा उद्योगहरुले गर्ने प्रदुषणहरू नियन्त्रण गर्न माग गरिएको छ ।
मंगलवार रामग्राम नगरपालिकामा भएको नागरिक संग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा जिल्ला स्थित उद्योगहरुले गर्ने प्रदुषणलाई नियन्त्रण गर्न जनता समाजवादी नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले बताउनु भएको छ । उहाँले भन्नुभयो, “यहाँ स्थापना भइ सञ्चालनमा रहेका उद्योगहरुको प्रदुषण सिधै आमनागरिक तथा सर्वसाधारणको जिवनमा प्रत्यस असर पारेको छ । त्यसैले अनुगमन सहित उद्योगहरुलाई प्रदुषण नियन्त्रण गर्नुपर्छ ।”
स्थानीय गरेको पशुपालन र कृषिवालीमा उद्योगको प्रदुषणले असर परेको छ । रामग्राम नगरपालिका भित्र धेरै उद्योगहरु स्थापना भइ सञ्चालनमा रहेको छ । र सो उद्योगहरुको पानी तल पाल्हीनन्दन गाउँपालिकाको विभिन्न वाडका स्थानीयलाई असर पारेको अध्यक्ष यादवले बताउनु भएको छ ।
यसैगरी नेपाली कम्यूनिष्ट पार्टीका जिल्ला नेता भविश्वर तिवारी (अजाद) ले सुनवल नगरापालिकामा रहेको सुनवल चिनि मिल उद्योगको प्रदुषणले बस्न गाह्रो भएको बताउनु भएको छ । उहाँले भन्नुभयो, “चिनिमिलको प्रदुषण तथा दुर्गन्ध स्थानीयलाई नआएसम्म निद्रा लाग्दैन । किन कि लामो समयदेखि त्यहाँका स्थानीयहरुलाई त्यसको लत लागिसकेको छ ।”
जिल्लामा भएको विभिन्न उद्योगहरु स्थापना भएपनि यहाँका स्थानीयहरु कमैले रोजगार पाएका छन् । दश जनशक्तिको बहानामा उद्योगहरुले बाहिर तथा भारतबाट ल्याएर रोजगारि दिएका छन् ।
जिल्लामा रहेको मालपोत कार्यायल र नापी कार्यालयमा लेखापढी गर्नेहरुको हालीमोहाली रहेको गुनासो पनि उठेको छ । उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका सल्लाहकार रामजी ज्ञवालीले ती कार्यायलहरुमा आमनागरिकहरुले दुःख पाएको र विचौलीको खेलोमा काम हुनेगरेको गुनासो बढेको बताउनु भयो । त्यसैले ती र त्यस्ता कार्यालयहरुमा सुशासन र पारदर्शिता कामय गर्न उहाँले बताउनु भयो । गुनासो पेटिका र नागरिक वडापत्र लगायतको परिपार्टीलाई चलायमान बनाउन उहाँले सुझाव दिनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सुनवाइमा उठेका जिज्ञासा तथा सुझवालाई हामी बैठक बसरे सुधार गर्दै जाने बताउनु भएको छ । उहाँले भन्नुभयो, “अहिलेको प्रश्न र सुझावलाई कार्यायलहरुको प्रमुखसंगको बैठकबाट योजनाबद्ध तरिकाले सुधार गर्दै जानेछौं ।”
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य विरेन्द्र यादव, नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष विक्रम प्रसाद यादव, जनता प्रगतिशिल पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डे, नेकपा एमाले उपाध्यक्ष डोलरा भण्डारी, नागरिक उन्मुक्ति पार्टीका ओम प्रकाश चौधरी, उद्योग बाणिज्य संघ नवलपरासीका उपाध्यक्ष राजेश गुप्त र नेपाल पत्रकार महासंघका निवर्तमान अधयक्ष हरि शर्मा लगायतले सुझाव तथा प्रश्नहरु राख्नु भएको थियो ।
सम्बन्धित समाचार
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्याली
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम
नेपाल तरुण दलको निर्वाचन लक्षित रामग्राम नगर तरुण दल गठन
कार्तिक २३, २०८३