नवलपरासीका चार पालिका बाढीको अति उच्च जोखिममा
परासी, १८ असाेज । पश्चिम नवलपरासीका चार पालिका बाढीको अचि उच्च जोखिम (अति उच्च संकटासन्न)मा छन् ।
जिल्ला विपद व्यवस्थापन समितिले जिल्लाको सातवटै पालिकाबाट लिएको तथ्यांकको आधारमा ४ भागमा स्तरीकरण गर्दै चार पालिकालाई उच्च जोखिममा राखिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) हिरालाल रेग्मीले बताउनु भएको छ । पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका बाढीको उच्च जोखममा रहेको उहाँले भन्नुभएको छ । पाल्हीनन्दनको १,३ र ६ सरावलको ६ र ७ प्रतापपुरको ६ र ८ र सुस्ता गाउँपालिकाको ३,४ र ५ वडाहरु डुबानको अति उच्च जोखिममा छन् ।
त्यसैगरी उच्च जोखिम (उच्च संकटासन्न) मा बर्दघाट नगरपालिकाको १३,१५ रामग्राम नगरपालिकाको १,२,३,५,६,१७ र १८ प्रतापपुर गाउँपालिकाको ३,६ र ८ र पाल्हीनन्दन गाउँपालिकाको २ नं. वडा बाढीको उच्च जोखिममा रहेको छ ।
मध्ययम जोखिममा (मध्यम संकटासन्न) बर्दघाटको ४,१२,१४ र १६, सरावलको २,३,४ र ५ सुनवलको ४,९,१०,११,१२ र १३ रामग्रामको १०,१२, १५ र १६ प्रतापपुरको १,२,४ र ७ सुस्ताको १,२ र पाल्हीनन्दनको ५ नं. वडा रहेको छ । र न्युन जोखिममा बर्दघाट नगरपालिकाको २ र ११ प्रतापपुरको ८ र ९ सरावलको १ र पाल्हीनन्दन गाउँपालिकाको ३ र ४ वडा रहेको छ ।
जिल्ला प्रशासन कार्यालयले बाढीबाट जोगिनका लागि उच्च सतर्कता अपनाउनलाई अनुरोध पनि गरेको छ ।
सम्बन्धित समाचार
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्याली
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम
नेपाल तरुण दलको निर्वाचन लक्षित रामग्राम नगर तरुण दल गठन
कार्तिक २३, २०८३