भागेका कैदीबन्दीलाई आश्रय दिए कार्यवाही हुने
परासी, १७ असाेज । भागेका कैदीबैन्दीहरुलाई आश्रय नदिन कारागार कार्यायल नवलपरासीले अनुरोध गरेको छ ।
भदौं २३ र २४ गतेको जेन्जी आन्दोलन पश्चात भदौं २५ गते नवलपरासी कारागारबाट ५ सय ४६ कैदीबन्दीहरु भागेका थिए । उनिहरु मध्ये केहि कैदीबन्दीहरु कारागारामा फिर्ता (हाजिर ) भइसकेका छन् ।
भागेका कैदीबन्दीहरुलाई कसैले पनि आफ्नो घरमा लुकाउन छिपाउन तथा आश्रय नदिन भन्दै कसैले आश्रय दिएको वा लुकाए थाह पाएपछि उनिहरुलाई समेत कसुरदार ठानी कार्यवाहीको प्रक्रिया अगाडि बढाइने कारागार कार्यालय नवलपरासीका जेलर विकल श्रेष्ठले बताउनु भएको छ ।
हाजिर नभएका कैदीबन्दीहरुको हकमा कारागार कार्यायल नवलपरासीले असोज २० गतेसम्म हाजिर हुनलाई अनुरोध गरेको श्रेष्ठले बताउनु भएको छ । “उहाँले भन्नुभयो, असोज २ गते सम्म हाजिर नहुने कैदीबन्दीहरुलाई कारागार ऐन, २०७९ र प्रचलित कानून बमोजिम कारवाही हुनेछ ।”
नवलपरासी कारागारबाट भागेका कैदीबन्दीहरु मध्ये पुरुष २ सय १९ र महिला ३२ जना गरी सम्म २ सय ५१ जना हाजिर भइसकेको उहाँले बताउनु भएको छ ।
सम्बन्धित समाचार
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्याली
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम
नेपाल तरुण दलको निर्वाचन लक्षित रामग्राम नगर तरुण दल गठन
कार्तिक २३, २०८३