नवलपरासी कारागारमा २ सय २२ कैदीबन्दी फर्किए
नवलपरासी, ८ असोजः ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीहरु फर्किने क्रम जारि रहेको छ । नवलपरासी कारागारमा अहिलेसम्म २ सय २२ कैदीबन्दीहरु फर्किएको कारागारका जेलर विकल श्रेष्ठले बताउनु भएको छ ।
गत महिनाको भदौं २५ गते नवलपरासी कारागारबाट ५ सय ४६ कैदीहरु भागेको जेलर श्रेष्ठले भन्नुभयो । उनिहरुले कारागारमा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण कारागारलाई आफ्नो नियन्त्रणमा लिएर कारागारबाट निस्किएका थिए । जस्मा ४ सय ७१ पुरुष र ८७ महिलाहरु थिए । तर सो दिन १७ पुरुष र १२ महिला भने कारागार नछोडि कारागारमै बसिरहे । कारागारको स्थिति नियन्त्रण भन्दा बाहिर भएपछि प्रहरीले कैदीबन्दीहरुलाई केहिनगरी निस्किन दिएको थियो । तर कैदिहरुले यसरी भागेपछि थप ‘सजाए’ हुनसक्ने भन्दै दैनिकजसो आँफै कारागारमा फर्किन थालेको श्रेष्ठे बताउनु भएको छ ।
अहिलेसम्म नवलपरासी कारागारबाट २ सय ६३ पुरुष र ४५ महिला गरी ३०८ जना कैदीबन्दीहरु फरार रहेका छन् । जस्मा ४० जना भारतीय कैदीबन्दी पनि रहेको छन् । ४१ जना रहेको भारतीय कैदीबन्दी मध्ये एकजना भने कारागार फर्किसकेको उहाँले भन्नुभयो । त्यस्तै यसै कारागारका १३ जना कैदीबन्दीहरु देशको अन्य कारागारमा पनि गएर हाजिर भएका छन् । भने अन्य कारागारका ६ जना नवलपरासी कारागारमा रहेका छन् ।
केन्द्रिय कारागारबाट भागेका ३ विदेशी कैदीबन्दीहरु नवलपरासी कारागारमा छन । २ जना मोरोको र १ जना साउथअफ्रिकाको कैदीबन्दी नवलपरासी कारागारमा रहेको जेलर श्रेष्ठले बताउनु भएको छ । उनिहरु भाग्दैगर्दा प्रहरीले समातेर नवलपरासी कारगारमा राखेको छ ।
अहिलेसम्म नफर्किएका तथा फरार रहेका कैदीबन्दीहरुकाे खोजीकार्य पनि जारी रहेको छ ।
सम्बन्धित समाचार
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्याली
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम
नेपाल तरुण दलको निर्वाचन लक्षित रामग्राम नगर तरुण दल गठन
कार्तिक २४, २०८३