पश्चिम नवलपरासीमा एकाउन्न वडाहरु बाढीको जोखिममा
नवलपरासी, साउन २८ । पश्चिम नवलपरासीको सातवटै पालिकाको एकाउन्न वटा वडाहरु बाढी डुबानको जोखिममा रहेका छन । वर्षा मनसुन सुरु भएलगतै नवलपरासीमा बाढीले डुबाउँछ भन्ने चिन्ता स्थानीयलाई सताउने गर्दछ ।
जिल्ला विपद व्यवस्थापन समितिको बसेको बैठकले जिल्लाको सातवटै पालिकाबाट लिएको तथ्यांकको आधारमा एकाउन्नवटै वडाहरुलाई जोखिमको आधारमा ४ भागमा स्तरीकरण गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) हिरालाल रेग्मीले बताउनु भएको छ । अति उच्च, उच्च, मध्यम र न्यून संकटासन्न गरि स्तरीकरण गरिएको रेग्मीले भन्नुभयो । जस्मा सबैभन्दा बढि तथा अति उच्च जोखिममा (अति उच्च संकटासन्न) चारवटा गाउँपालिकाहरु रहेको छ । पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिकाm प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका बाढीको उच्च जोखममा रहेको छ । पाल्हीनन्दनको १,३,६ सरावलको ६,७ प्रतापपुरको ६,८ र सुस्ता गाउँपालिकाको ३,४,५ वडा डुबानको अति उच्च जोखिममा छ ।
त्यसैगरी उच्च जोखिम (उच्च संकटासन्न) मा बर्दघाट नगरपालिकाको १३,१५ रामग्राम नगरपालिकाको १,२,३,५,६,१७,१८ प्रतापपुर गाउँपालिकाको ३,६,८ र पाल्हीनन्दन गाउँपालिकाको २ नं. वडा बाढीको उच्च जोखिममा रहेको छ । मध्ययम जोखिममा (मध्यम संकटासन्न) बर्दघाटको ४,१२,१४,१६, सरावलको २,३,४,५ सुनवलको ४,९,१०,११,१२,१३ रामग्रामको १०,१२, १५,१६ प्रतापपुरको १,२,४,७ सुस्ताको १,२ र पाल्हीनन्दनको ५ नं. वडा रहेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । र न्युन जोखिममा बर्दघाट नगरपालिकाको २,११ प्रतापपुरको ८,९ सरावलको १ र पाल्हीनन्दन गाउँपालिकाको ३,४ वडा रहेको छ । यो संगै नवलपरासीमा २५ सय घरधुरी बाढी डुबानको जोखिममा रहेको सीडियो रेग्मीले भन्नुभयो छ ।
तर डुबानबाट जोगाउन तथा उद्धार कार्यका लागि तयारी अवस्थामा रहेको सिडिओ रेग्मीले भन्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामि तयारी अवस्थामा छौं विगतका वर्षहरुको बाढी जोखिमको समिक्षा गर्दै जिम्मेवार सबै संघसंस्था तथा निकायहरु आ–आफ्नो जिम्मेवारीका साथ तयारी अवस्थामा छौं ।”
सम्बन्धित समाचार
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्याली
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम
नेपाल तरुण दलको निर्वाचन लक्षित रामग्राम नगर तरुण दल गठन
कार्तिक २४, २०८३