नवलपरासीको रामग्रामबाट लागुऔषधसहित दुई जना पक्राउ
परासी, असार १६ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका–१ सहुवाटिकरबाट दुईजना लागुऔषध सहित पक्राउ परेका छन् ।
सहुवाटिकर स्थित यमकला कोहारको घरमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले बताउनु भयाे ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरी टोलीले २७ वर्षीय यमकला कोहार र २८ वर्षीय विशाल चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको साथबाट १३ एम्पुल फेनारगन, १३ एम्पुल बुप्रेनर्फिन र १३ एम्पुल डाइजेपाम बरामद भएको पन्तले बताउनु भएकाे छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएकाे छ ।
सम्बन्धित समाचार
बुद्ध जयन्तीः रामग्राममा वृहत साइकल र्याली
सदरमुकाम परासीको सड्क पेटी अतिक्रण खाली गराउन रामग्रामको डोजर चल्यो
पूर्ण खोप सुनिश्चितता र संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणको तयारीमा रामग्राम
नेपाल तरुण दलको निर्वाचन लक्षित रामग्राम नगर तरुण दल गठन
कार्तिक २४, २०८३