रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 30 views
0 Shares

नवलपरासी, जेठ २ । ]जिल्लाकाे सुनवल नगरपालिका ७ चारपालामा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । भने तीन जना गम्भीर घाइते भएका छन् ।

Advertisement

आज अपराह्न हावाहुरीसहित पानी परेपछि चारपालामा रहेको प्रतिक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो । 

घटनामा सुनवल–७ कि ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । घटनामा सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । उहाँहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ ।

पानी परेपछि प्रतिक्षालयमा बसिरहेको स्थानीयलाई हावाहुरीले ढलेको रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथि ढलेपछि प्रतिक्षालय भत्किएको प्रहरीले जनाएको छ । 

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: