हुलाकी सड्क निर्माण अलपत्र, गाउँपालिकाद्धारा आन्दोलनको घोषणा

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 33 views
0 Shares

परासी, फागुन २२ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका भित्र पर्ने हुलाकी राजमार्ग(सड्क) को काम अलपत्रपरे पछि गाउँपालिकाले आन्दोलनको तयारी गरेको छ ।

Advertisement

हुलाकी सड्कको निर्माण काम लामो समयदेखि ठप्प परेको छ । यसै विषयलाई लिएर प्रतापपुर गाउँपालिका र त्यहाँका स्थानीयहरु आन्दोलन गर्ने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भएको छ । पश्चिम नवलपरासीमा रहेको पन्ध्र किलोमिटर हुलाकी सड्कको निर्माणकार्य अलपत्र परेको छ । सड्क निर्माण अलपत्रपछि स्थानीयहरुको घरभित्र सम्म धुलो पसेको यादवले बताउनु भएको छ । यसअघि पनि गाउँपालिका अध्यक्ष लगायत विभिन्न राजनितिक दलहरुले धर्ना तथा अन्सन समेत बसेको थिए । तर ठेक्दारको चरम लपरवाहीले आन्दोलन गर्नुपर्ने बाध्यात्मक स्थिति सृजना उहाँले बताउनु भएको छ । यादवले बुधवार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, प्रतापपुर गाउँपालिका हुँदै जाने हुलाकी राजमार्गको ६.५ किलोमिटर सड्क निर्माणका लागि पटक–पटक सम्बन्धित निकायहरु संग छलफल र सहमतिपछि पनि जनआपेक्षा अनुसार काम नभएकोले फागुन २६ गते सोमवार हुलाकी राजमार्ग योजना कार्यालय, गोरुसिङ्गे कपिलवस्तु घेराउन तथा धर्ना दिईनेछ ।

हुलाकी सड्क निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीयलाई सास्ती खेप्नु परेकोे छ । उक्त सड्कको अलपत्र पछि सवारी आवत जावत समस्या, दुर्घटना र धुलो र स्थानीयहरु विरामी हुने गरेका छन् । पूर्वी जिल्लाको त्रिवेणी धाम, र पश्चिमको सुस्ता गाउँपालिका प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका लगायतका बस्ती क्षेत्रलाई सदरमुकाम संग जोड्ने मुख्य सड्क नै हुलाकी हो ।

२०७६ साल मंसिरमा हुलाकी सड्क निर्माणका लागि बज्रगुरु महालक्ष्मी जे.भि.कपुन्डोल कम्पनीले उन्नपचास करोड साठी लाखमा लिएको ठेक्का २०७९ मंसिरमै सक्नुपर्ने थियो । तर हाल सम्म निर्माण काम सम्पन्न नभई सड्क अलपत्र परेको छ ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: