कर्मचारीलाई कुटपिट गरेको बिरुद्धमा विज्ञप्ति
परासी, फागुन ७ कर्मचारीलाई कुटपिट गरेको भन्दै पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका कर्मचारीहरू ले विज्ञप्ति जारि गरेका छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत मधु घिमिरे र तनहुँ बन्दीपुर गाउँपालिका वडा नं ०६ का वडा सचिव नविन भुसाल माथि भएको कुटपिटको विरुद्धमा लिएर कर्मचारीहरुले विज्ञप्ती जारी गरेका हुन । विज्ञप्ति मार्फत कुटपिट गर्नेहरु लाई कानुनको दायरामा ल्याएर कानुनी कार्यवाही माग गरिएको छ । रोहिणीका शिक्षा अधिकृत घिमिरे माथि हातपात गर्ने रोहिणी गाउँपालिकाका वडा नं ०२ का वडाअध्यक्ष करम हुसेन खान र तनहुँ बन्दीपुर गाउँपालिका वडा नं ०६ का वडाअध्यक्ष बल बहादुर गुरुङ्गलाई तत्काल कानुनको दायरामा ल्याएर कार्यवाहीको माग कर्मचारीहरु ले गरेका छन् । कर्मचारीलाई विभिन्न समयमा गरिने कुटपिट जस्ता क्रियाकलापको अन्तय गर्दै भयरहित वातावरण सिर्जना गर्न समेत कर्मचारीहरु माग छ ।
जनप्रतिनिधिले अभिभावकको भुमिका निर्वाह गर्नुपर्नेमा उल्टै कर्मचारीलाई गाली गलौज र मरणसन्न हुने गरी हातपात कानुन विपरित रहेको उनिहरु भनेका छन् ।
याे पनि पढ्नु हाेस्
कार्तिक २३, २०८३