सवारी दुर्घटनामा एककाे मृत्यु
परासी, साउन १७ । पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे छ ।
जिल्लाकाे सुनवल नगरपालिका १ शान्तीटाेल बस्ने ४५ वर्षीय अम्बिका श्रेष्ठकाे मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराती १ बजेकाे समय नवलपरासीकाे सुनवल नगरपालिका ३ किर्तिपुर स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम जाँदै गरेकाे लु ८१ प १४०८ नं. काे स्कुटर आफै अनियन्त्रित भई डिभाईडरमा ठाेकीपछि श्रेष्ठकाे निधन भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारि रेशम बाेहराले जानकारी गराउनु भएकाे छ ।
घाईते भएपछि उपचारको लागि देवदह क्लिनिक सुनवलमा सामान्य उपचार पछि थप उपचारको लागि देवदह मेडिकल कलेज भलुही रुपन्देही लग्दा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित समाचार
नवलपरासीमा हावाहुरीले घर र तार पाेलहरुमा क्षति
जनविचार
पाँचौं सुनवल महोत्सव २०८२ मंसिर १० गतेदेखि सुरु हुने
अनिल यादव
बेल जुसबाट आत्मनिर्भर बन्दै सुनवलका महिलाहरु
अनिल यादव
मेयरको ‘झोले पत्रकार’ अभिव्यक्तिपछि महासंघसहित पत्रकार संगठनहरुको आपत्ति
अनिल यादव
सुनवल नगरपालिका प्रति असन्तुष्टि, मेयरलाई ३५ बुँदे ध्यानाकर्षणपत्र (भिडियाे सहित)
अनिल यादव
कार्तिक २३, २०८३