सुनवल नगरपालिका प्रति असन्तुष्टि, मेयरलाई ३५ बुँदे ध्यानाकर्षणपत्र (भिडियाे सहित)

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 38 views
0 Shares

परासी, फागुन १२ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका प्रति राजनितिक दलहरुको असन्तुष्टि बढेपछि ध्यानाकर्षणपत्र बुझाएका छन् ।

Advertisement

नगरपालिकाले गर्दै आएको काम प्रति स्थानीय राजनितिक दलहरुको असन्तुष्टि जनाउँदै आईतवार उनिहरुले ३५ बँदे ध्यानाकर्षणपत्र मेयर विमला आर्याललाई बुझाएका छन् बुझाएका छन् । मेयरले नगरपालिकालाई एकलौटी गरी चलाएको भन्दै नेपाली कांग्रेसका नगर संयोजक यमलाल पाण्डे नेतृत्वमा स्थानीय राजनितिक दलहरुले ध्यानकर्षण गराएका छन् । नगरपालिकाले बजेट निर्माणका क्रममा टोल वस्ति स्तरवाट योजना छनोट, पूर्व बजेट छलफल, र समिक्षा लगायत कार्य नगरी आँफु खुसि घाटाको बजेट निर्माण गरेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । यसैगरी नगरपालिका पूर्व मेयरले सञ्चालन गरेको विभिन्न योजनाहरुलाई बहालवाला मेयरले वेवास्त गरी अलपत्र पारेको भनिएको छ । पूर्व मेयर भिम बहादुर थापाले सुनवल हिलपार्क, देवदह ताल, बाबा बर्दगोरिया महल पोखरी मन्दिर, नगर रिङ्गरोड, कृषि अनुसन्धान केन्द्र, फ्लोरि कल्चर फार्म, आटोभिलेज औधोगिक ग्राम, महिला उद्यम केन्द्र लगायतका गौरवका आयोजना अगाडि सारेर काम अगाडि बढाए पनि अहिले नगरपालिकाको प्राथ्मीकता नपर्नुको कारण मेयर आर्यालसंग सोधिएको छ ।

सुनवल नगरपालिकाका मेयर विमल आर्यालले भने नगरपालिका भित्र यस्तो नभएको बताउनु भएको छ । कहिँकतै गल्ती भएको होला बसेर छलफल गरेर टुङ्गयाउन राजनितिक दलहरु लाई उहाँले आग्रह गर्नु भएको छ । उहाँले ध्यानाकर्षणपत्र ग्रहण गर्दै धेरै बुँदाहरु आरोपको रुपमा रहेको छ । नियतवस गल्ती गरिएको छैन् । भएको छ, भने बसेर छलफल गरौं न भन्नुभएकाे छ । केहिदिन मै पत्रकार र यहाँका राजनितिक दलहरु बसेर बुँदागत छलफल गर्ने उहाँले भन्नुभयो ।

नगरपालिकाको शैक्षिक पहिचान बोकेको देवकोटा मा.वि. विद्यालयमा व्यवस्थापन समितिको चयनको विषयलाई लिएर पछिल्लो समय विद्यालय र नगरपालिकामा तनाव बढेको छ । त्यसैविचमा स्थानीय राजनितिक दलहरुले विभिन्न क्षेत्रमा असन्तुष्टि जनाउँदै ध्यानकर्षणपत्र बुझाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य देवि घिमिरे र नेकपा माओवादी केन्द्र सुनवल नगरपालिका नगरअध्यक्ष मोहन कार्कीले आ-आफ्नो धारण राख्नु भएको थियो ।https://www.youtube.com/watch?v=dcMBsLNWZuw

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: