पाँचौं सुनवल महोत्सव २०८२ मंसिर १० गतेदेखि सुरु हुने
नवलपरासी, १० कार्तिक । सुनवलमा पाँचौं सुनवल महोत्सव–२०८२ मंसिर १० गतेदेखि सुरू हुने भएकाे छ ।
उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यका अनुसार उत्पादन र उपभोक्ताबीचकाे सम्बन्ध सुदृढ बनाउनका लागि सुनवल महाेत्सव(मेला) आयाेजना गर्न लागेकाे हाे । बढदाे प्रविधिकाे विकाससंगै स्थानीय तथा विदेशी उत्पादनमा उपभोक्ताहरूलाई आकर्षण बढाउन याे मेलाकाे उदेश्य रहेकाे उहाँले भन्नुभयाे ।
करिब २०० स्टलहरू रहने यस मेलामा घरेलु उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य, सूचना–प्रविधि, बैंक तथा वित्तीय संस्था, गाडी र मोटरसाइकल, दैनिक उपभोग्य वस्तु, हस्तकला र पहिरन लगायतका वस्तुहरू रहने उहाँले बताउनुभयाे । मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उद्योगी, व्यवसायीहरू सहभागी हुनेछन्। जस्मा स्थानीय कृषकहरूकाे उत्पादनलाई प्राथमिकताका साथ राखिने छ । जस्मा उहाँहरूकाे उत्पादनलाई मेला सम्म ल्याउनका लागि यातायात र दिनभरि स्टलमा बस्ने कृषकका लागि खाजाकाे व्यवस्था गरिएकाे उहाँले भन्नुभयाे ।
सुनवल मेलामा संधै नयाँपन हुँदै आएकाेले याे वर्ष मेलामा जलपरी र माछा टनेल लगायतकाे व्यवस्थापन गर्ने तयारी रहेकाे अध्यक्ष कर्माचार्यले भन्नुभयाे । यस्तै, बाल उद्यान, खेलकुद, सांस्कृतिक कार्यक्रम, विद्यालयस्तरीय नृत्य, गायन, विज्ञान प्रदर्शनी र खाना महोत्सवसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।
मेलामा प्रवेशका शुल्क सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीका लागि रु. ७० शुल्क तोकिएको छ। विद्यालय समूहका विद्यार्थी तथा ६६ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि विशेष छुटको व्यवस्था गरिएको छ ।
मंसिर १० देखि २१ गतेसम्म चल्ने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, विभिन्न प्रतियोगिता र खाना महाेत्सव पनि संचालन हुनेछ ।
सम्बन्धित समाचार
नवलपरासीमा हावाहुरीले घर र तार पाेलहरुमा क्षति
बेल जुसबाट आत्मनिर्भर बन्दै सुनवलका महिलाहरु
मेयरको ‘झोले पत्रकार’ अभिव्यक्तिपछि महासंघसहित पत्रकार संगठनहरुको आपत्ति
सुनवल नगरपालिका प्रति असन्तुष्टि, मेयरलाई ३५ बुँदे ध्यानाकर्षणपत्र (भिडियाे सहित)
कार्तिक २४, २०८३