कांग्रेस नवलपरासी- २ काे प्रदेश क काे सभापतिमा जयराम निर्वाचित

जनविचार

जनविचार

आश्विन १५, २०८३ 122 views
49 Shares

नवलपरासी । नेपाली कांग्रेस नवलपरासी क्षैत्र नं. २ काे प्रदेशसभा क काे सभापतिमा जयराम बस्याल निर्वाचित हुनुभएकाे छ ।

सभापतिका अर्का उम्मेद्वार पेउनारायण न्याैपाने(प्रेम) लाई ३१ मतले पछि पार्दै बस्याल निर्वाचित हुनुभएकाे हाे । बस्यालले २ सय ६४ मत पाउँदा न्याैपानेले २ सय ३३ मत पाएर पराजित हुनुभएकाे हाे ।

Advertisement

त्यसैगरी सचिव पदमा ओमप्रकाश बाह्रघरे ९४ मत बढी पाएर निर्वाचित हुनुभयाे । बाह्रघरेले २ सय ८७ मत पाउँदा प्रतिस्पर्धी रामचन्द्र सापकाेटाले १ सय ९३ मत ल्याएर पराजित हुनुभयाे ।

खुलातर्फकाे सहसचिवमा ८३ मत बढी पाएर बालकृष्ण पाण्डे निर्वाचित हुनुभयाे । पाण्डेले २ सय ८४ मत पाउँदा प्रतिस्पर्धी नुमा खरेलले २ सय १ मत पाएर पराजित हुनुभयाे ।

सहसचिव महिलामा यसअघि मनिषा तिवारी न्याैपाने सर्वसम्मत हुनुभएकाे छ । कार्यसमितिका अन्य सदस्य पदसमेत सर्वसम्मत भईसकेकाे छ ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: