प्रदेश सांसद जयसवाल कांग्रेस नवलपरासी क्षेत्रीय सभापतिमा निर्वाचित

जनविचार

जनविचार

आश्विन १५, २०८३ 229 views
13 Shares

नवलपरासी । नेपाली कांग्रेस नवलपरासी क्षैत्र नं. २ काे सभापतिमा बैजनाथ कलवार निर्वाचित हुनुभएको छ ।

सभापतिका अर्का उम्मेद्वार यामप्रसाद भूसाल(दिपक) लाई १ सय ७७ मतले पछि पार्दै कलवार निर्वाचित हुनुभएकाे हाे । कलवारले ५ सय ७२ मत पाउँदा भूसालले ३ सय ९५ मत पाएर पराजित हुनुभएकाे हाे । निर्वाचित कलवार लुम्बिनी प्रदेशका सांसदसमेत हुनुहुन्छ ।

Advertisement

त्यसैगरी सचिव पदमा ६२ मत बढी पाएर धनपद यादव निर्वाचित हुनुभयाे । यादवले ५ सय २ मत पाउँदा प्रतिस्पर्धी कुश्माखर चापागाईँले ४ सय ४० मत ल्याएर पराजित हुनुभयाे ।

खुलातर्फकाे सहसचिवमा १२ मत बढी पाएर उपेन्द्र गुप्ता निर्वाचित हुनुभयाे । गुप्ताले ४ सय ७२ मत पाउँदा प्रतिस्पर्धी रमेश कर्माचार्यले ४ सय ६० मत पाएर पराजित हुनुभयाे ।

सहसचिव महिलामा यसअघि ज्ञानकुमारी चाैधरी सर्वसम्मत हुनुभएकाे छ । कार्यसमितिका अन्य सदस्य पदसमेत सर्वसम्मत भईसकेकाे छ ।

पदाधिकारीमा सहमति हुन नसकेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र प्रतिनिधिसभा सदस्य एंव कांग्रेस लुम्बिनी प्रदेशका सदस्य भीमबहादुर थापा(भरत) ले प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

निर्वाचित सभापति कलवार र सहसचिव गुप्ता कँडेल पक्षका हुनुहुन्छ भने सचिव पदमा निर्वाचित यादव र सर्वसम्मत सहसचिव चाैधरी थापा पक्षका हुनुहुन्छ ।

अहिले महाधिवेशन प्रतिनिधिकाे मत गणना भइरहेकाे छ । थप टाेली थपेर दुई प्रदेश अन्तर्गतका क्षेत्रीय समितिकाे मत गणना पनि सुरू गरिने निर्वाचन समितिले जनाएकाे छ ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: