देउवा समूहकाे जिल्ला संयोजकमा धर्मदत्त चापागाईं
नवलपरासी । देउवा समूहकाे महाधिवेशन तयारी समितिले नवलपरासीमा धर्मदत्त चापागाईंलाई जिल्ला संयाेजकाे जिम्मेवारी दिएकाे छ ।
महाधिवेशन सम्पन्न गर्न जिल्लामा बसेकाे बैठकले चापागाईंलाई सिफारिस गरेकाे थियाे । देउवा समूहले जिम्मेवारी ताेकेर पठाएपछि शुक्रबार केन्द्रीय प्रतिनिधि विकास घिमिरेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल ट्रेड युनियनका सल्लाहकार आयाेध्य प्रसाद यादवले जिम्मेवारी पत्र हस्तान्तरण गर्नुभएको छ । जिम्मेवारी पाएसंगै महाधिवेशन सफलता पूर्वक सम्पन गर्न संयाेजक चापागाईंलाई यादवले भन्नुभयाे ।
कार्यक्रममा कांग्रेसकाे १४ औं महाधिवेशनकाे महाधिवेशन प्रतिनिधि महेन्द्र राय थारू, चिरञ्जीवी अर्याल, राजु अधिकारी र स्थानीय नेताहरू विक्रम राना, माधव चापागाईं, तारेन्द्र वर्मा र प्रकाश चाैधरी लगायतकाे उपस्थिति रहेकाे केन्द्रीय प्रतिनिधि घिमिरेले बताउनु भयाे ।
सम्बन्धित समाचार
सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पदहरू यस्ताे छ (सूचीसहित)
कांग्रेस नवलपरासी- २ काे प्रदेश क काे सभापतिमा जयराम निर्वाचित
प्रदेश सांसद जयसवाल कांग्रेस नवलपरासी क्षेत्रीय सभापतिमा निर्वाचित
कार्तिक २३, २०८३