नवलपरासी कांग्रेसद्धारा सुनवल नगरअधिवेशन बिथोल्नेलाई कार्यवाहिको माग
नवलपरासी । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकामा सुरु भएको अधिवेशनको मतदान प्रक्रिया बिथोलेको भन्दै कांग्रेस जिल्ला समितिले केन्द्रीय सदस्य एंव पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलमाथि कारबाहीको माग गरिएको छ। ।
जिल्लाको सात पालिका मध्ये ६ वटाको पालिको अधिवेशन सम्पन्नपछि ६ वटै पालिकाको नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ । सुनवलव नगरपालिकाको नगरअधिवेशनमा दुइजनाको उम्मेदवारी परेपछि सुरुमा सहमतिको लागि प्रयास गरिएको थियो । तर सहमति जुट्न नसकेपछि विहिवार (हिजो) राति भएपनि दुवै पक्षका उम्मेदवारहरुको सहमतिमा निर्वाचन गर्नेगरि निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको थियो । तर निर्वाचन सुरु नहुँदै त्यहाँ ठुलो विवाद सृजना भएर निर्वाचन भाडिएको थियो । त्यसपछि निर्वाचन स्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरि विवादलाई रोकिए थियो । तर निर्वाचन भने हुन सकेन । नेपाली कांगे्रसका केन्द्रिय सदस्य देवेन्द्र राज कण्डेलले राति निर्वाचन हुँदैन भन्दै निर्वाचन सामग्री एवं फाइल च्यातेपछि विवाद उत्पन्न भइ निर्वाचन प्रक्रिया रोकिएको निर्वाचन अधिकृतद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । त्यतिमात्र नभइ माइकमा बोल्दै गरेका नेपाली कांग्रेसका नेता भिम बहादुर थापा (भरत)को माइक खोसेपछि कण्डेल र थापा पक्षविच ठुलो विवाद उत्पन्न भएको थियो ।
यसैविच नेपाली कांग्रेस नवलपरासीले माइनुट च्याती निर्वाचन प्रक्रिया अवरुद्ध गरेको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै प्रेस विज्ञप्ती निकाल्दै घटनाको वास्तविक छानविन गरि दोषिलाई पार्टीको विधानबमोजिम हदैसम्मको कार्यवाहीको माग गरेको छ ।
विज्ञप्तीमा लेखिएको छ, “जिल्लाको दुबै निर्वाचन क्षेत्रको ७ पालिका मध्ये ६ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । सुनवल नगरपालिकाको नगर अधिवेशन असोज ८ गतेदेखि सञ्चालन भइरहेको क्रममा दुइ पक्षबीच सहमतिमा निर्वाचन तालिका सार्वजनिक गरिएको थियो । तर मतदान सुरु हुन लागेको अवस्थामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्र राज कण्डेलसहित बह्य व्यक्तिहरुको समूह प्रवेश गरि निर्वाचनका लागि तयार गरिएको सामग्री र माइनुट च्याती निर्वाचन प्रक्रिया अवरुद्ध गरेको गम्भीर ध्यानकर्षण भएको छ ।”
विज्ञप्ती

सम्बन्धित समाचार
सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पदहरू यस्ताे छ (सूचीसहित)
कांग्रेस नवलपरासी- २ काे प्रदेश क काे सभापतिमा जयराम निर्वाचित
देउवा समूहकाे जिल्ला संयोजकमा धर्मदत्त चापागाईं
कार्तिक २४, २०८३