राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

जनविचार

जनविचार

आश्विन ३, २०८३ 87 views
61 Shares

विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । उनलाई मोरङको बेलबारीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई नियन्त्रणमा लिइएको बताए ।

Advertisement

उनले भने, ‘साइबर ब्युरोको अनुरोधमा पक्राउ गरेका हौँ । आवश्यक कारबाहीका लागि ब्युरोलाई जिम्मा लगाइने छ ।’

उनकाविरुद्ध ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ ।

एक कार्यक्रमका सिलसिलामा दाहाल मोरङ पुगेका थिए । उनलाई जहाजबाट काठमाडौं पठाउने तयारी भइरहेको एसपी कटुवालले बताए । (नेपाल प्रेस)

ट्यागहरू: भरत दहाल
लेखक: जनविचार
सेयर गर्नुहोस्: