कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगे देउवा पक्षीय नेता
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका प्रभावशाली नेताहरू सानेपा पुगेका छन्।
१४ औँ महाधिवेशनबाट निर्वाचित सभापति देउवा कार्यसमितिमा ५१ जना नेताहरू आज सानेपा पुगेको दाबी गरिएको छ।
पूर्वसभापति देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट नेताहरू संस्थापन पक्षमा लागे।
देउवा छाडेर गगनतिर लाग्नेहरूमा डिना उपाध्याय, श्याम घिमिरे, रामहरि खतिवडा, सुरेन्द्र पाण्डे, मीनबहादुर विश्वकर्मा, ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्रराज कण्डेल, इन्द्रबहादुर बानियाँ, नैनसिंह महर, जीवनबहादुर शाही, सुशीला थिङ, गोविन्द भट्टराईलगायत रहेका छन्।
आज केन्द्रीय समितिको समायोजनको बैठक बसेर भोलिबाट महाधिवेशनमा होमिने कांग्रेसको तयारी छ। अधिकांश नेताहरू सानेपा फर्किएपछि बेग्लै महाधिवेशनको तयारी थालेको देउवा समूह दबाबमा परेको छ। (नेपाल प्रेस)
सम्बन्धित समाचार
सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पदहरू यस्ताे छ (सूचीसहित)
कांग्रेस नवलपरासी- २ काे प्रदेश क काे सभापतिमा जयराम निर्वाचित
देउवा समूहकाे जिल्ला संयोजकमा धर्मदत्त चापागाईं
कार्तिक २४, २०८३