जसपाले लुम्बिनी प्रदेश सरकारमा सहभागी चार सांसदलाई गर्‍याे पार्टीबाट निष्काशित

सांसदहरूले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा सहभागी.................

जनविचार

जनविचार

भाद्र १८, २०८३ 84 views
68 Shares

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत काम गर्ने लुम्बिनी प्रदेशका सांसदहरू लाई पार्टीबाट निष्काशन गरेको छ ।

गत भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिअनुसार पार्टीले लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी पार्टी नीति उल्लङ्घन गर्ने चार जना प्रदेश सभा सदस्यहरूलाई निस्काशित गरेको छ ।

Advertisement

निष्कासनमा पर्ने सांसदहरूमा सन्तोष कुमार पाण्डेय, हेमा बेल्वासे (के.सी.), भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहेका छन् । यी सांसदहरूले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएकाले निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई पार्टीको नीति, सिद्धान्त र विधान विपरीत कार्य गरेको आरोप लगाइएको छ। बैठकले रसुवागढीको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, स्थानीय तहका जनप्रतिनिधि र नेताहरूलाई पनि निष्कासन गरिएको छ । जसमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, विभिन्न वडाका अध्यक्षहरू रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भु कुमार व्यार, मो. मुस्तकिम र किस्मत राई रहेका छन् ।

कारबाहीमा पर्ने अन्यमा प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, माम्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ, केपीलासगढीका उपाध्यक्ष गुरुराज राई लगायत दर्जनौँ वडा अध्यक्ष र सदस्यहरू रहेका छन् ।

 

लेखक: जनविचार
सेयर गर्नुहोस्: