राप्रपा नवलपरासीकाे अध्यक्षमा रामभवन
नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नवलपरासीको सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट रामभवन यादव अध्यक्षमम निर्वाचित हुनुभएको छ ।
अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो । तर अधिवेशनकाे उद्घाटन सत्र मै एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि ३ जनाविच निर्वाचन भएकाे हाे । रामजी बाबु, रामभवन यादव र सन्ताेष पाण्डे रहनु भएकाे थियाे । भने देवि घिमिरेले उम्मेदवारी फिर्ता लिनु भएकाे थियाे । जिल्ला अधिवेशनका लागि कुल २४७ प्रतिनिधि रहेका पनि २०९ मत मात्रै खसेको थियो । जसमा रामभवन यादवले १३० मत ल्याएर निर्वाचित हुनु भएको हाे । यसैगरी रामजीबाबु पराजुलीले ४९ र सन्तोष पाण्डेले २६ मत पाउनु भयाे ।
उम्मेदवारी फिर्ता लिनु भएकाे घिमिरेकाे पक्षमा एक मत परेकाे हाे । जिल्ला समितिका अन्य सदस्य पद भने सबै निर्विरोध भएका छन् ।
सम्बन्धित समाचार
सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन हुने पदहरू यस्ताे छ (सूचीसहित)
कांग्रेस नवलपरासी- २ काे प्रदेश क काे सभापतिमा जयराम निर्वाचित
देउवा समूहकाे जिल्ला संयोजकमा धर्मदत्त चापागाईं
कार्तिक २४, २०८३