अहिलेको सरकारले जनतालाई भ्रमाएर मत माग्यो, सबैभन्दा बढी गरिब र सुकुम्बासी पीडित

नेताहरुको पतन र विस्थापन नै यो मुलुकको समस्याको समाधान होइन ।

अनिल यादव

अनिल यादव

श्रावण ३०, २०८३ 105 views
58 Shares
अहिलेको सरकारले जनतालाई भ्रमाएर मत माग्यो, सबैभन्दा बढी गरिब र सुकुम्बासी पीडित

नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र प्रसाद लिङदेनले अहिलेको सरकारबाट देशमा सबैभन्दा बढी पीडित गरिब र सुकुम्बासी नागरिक भएको बताउनु भएको छ ।


शनिवार (आज) राप्रपा नवलपरासीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष लिङदेनले झुक्याएर मत मागि चुनाव जितेको अहिलेको सरकारले गरिब, असहाय तथा सुकुम्बासी नागरिकहरु लाई दुखि बनाएको बताउनु भएको छ । उहाँले भन्नुभयो, यो सरकारले नेपाली नागरिकहरुलाई दिएको आसवासश भन्दा फरक ढंगले काम गरेको छ । नागरिकको आपेक्षा भन्दा सरकारले स्वाच्छाचारी भावनाले काम गरेको हुनाले देशमा उद्योगि व्यापारीहरुलाई काम गर्न सक्ने वातारवरण समेत रहेको छैन । 

Advertisement

सरकारले देशमा उद्योग खोल्ने वा चलाउने होइन । उद्योगि व्यापारीको हितमा कानुन निर्माण र रोजगारी सृजना गर्नु अहिलेको सरकारको आवश्यकता हो । तर सरकार त्यो बाटोमा नहिडेको अध्यक्ष लिङदेनले भन्नुभयो । 

यस्तै अहिले देशमा निषेधको मनोभावनाले देश दुर्घटनाको बाटोमा हिडेको उहाँले बताउनु भयो । नेपालमा निषेध गर्ने काम लामो समयदेखि चल्दै आएको छ । कुनै समय राजाले पनि राजनीतिक दललाई निषेध गर्नुभएको होला । अहिले दलले दललाई र पार्टीलाई पार्टी भित्रका गुटले निषेध गर्दैछ । तर निषेधले देशलाई टुंगोमा पुर्याउनु भन्दा पनि दुर्घटनामा पुर्याएको छ । त्यसैले देश अहिले राष्ट्रिय सहमति खोजी रहेको राप्रपा अध्यक्ष लिङदेनले भन्नुभएको छ ।

गत वर्षको भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनलाई समझदै लिङदेनले भन्नुभयो, कुनै नेताहरुको पतन भएको होला, नेताहरु विस्थापित भएका होलान तर देशको ओरालो यात्रा रोकिएको छैन् । नेताहरुको पतन र विस्थापन नै यो मुलुकको समस्याको समाधान होइन । देश झन अन्यौलको भुमरी र अँध्यारो सुरुङ्गमा प्रवेश गरेको छ । त्यसकारण हामिले यो र त्यो भन्दा पनि देशलाई कसरी जोगाउने र दुर्घटनाबाट बचाउने तर्फ ध्यान दिनु जरुरी रहेको उहाँले भन्नुभयो ।rapra ummedwar haru.jpeg

त्यसैगरी राप्रपा नवलपरासीको जिल्ला अधिवेशनमा जिल्ला नेतृत्वका लागि ४ जनाको उम्मेदवारी परेको थियो । तर एकजना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि तीन जना विच प्रधिसप्रधा हुने भएको छ । देवी घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि रामजी बाबु पराजुली, रामभवन यादव र सन्तोष पाण्डे रहनु भएको छ । तर अधिवेशनमा उपस्थित कार्यकर्ता अगाडि चारै जनाले पार्टीको हितमा के कस्तो रणनिति बनाएको हो भनेर आ–आफ्नो प्रस्तुती समेत पेश गर्नुभएको थियो ।
 

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: