विश्व सम्पदा दिवसकाे अवसरमा ‘नवलपरासी सम्पदा साइकल यात्रा–२०८३’

देशका लागि सोच्ने हो भने अहिलेको अवस्थामा झन साइकल चलाउनु राम्रो हो ।

अनिल यादव

अनिल यादव

बैशाख ५, २०८३ 196 views
1 Shares
विश्व सम्पदा दिवसकाे अवसरमा ‘नवलपरासी सम्पदा साइकल यात्रा–२०८३’

नवलपरासी । विश्व सम्पदा दिवसको अवसरमा नवलपरासीका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि “नवलपरासी सम्पदा साइकल यात्रा २०८३” सम्पन भएको छ । 

पर्यटन प्रवद्र्धनका लागि शनिवार नवलपरासीका विभिन्न पर्यटकीय तथा सम्पदा स्थलको साइकल यात्रा मार्फत चिनाउने काम गरिएको नवलपरासी साइकल राइडर्स क्लबका अध्यक्ष राम बहादुर थापाले बताउनु भएको छ ।

Advertisement

साइकल यात्रामा निक्लिनुभएका नेपाल साइकल महासंघका केन्द्रिय अध्यक्ष सुर्यकुमार सारु मगरले पहिलो पटक नवलपरासीले आयोजना गरेको साइकल यात्राले नवलपरासीको पर्यटकीय स्थलहरुको विश्वमै प्रचारप्रसारको माध्यम बन्न सक्ने बताउनु भएको छ । उहाँले भन्नुभयो यहाँ पर्यटनको सम्भावना पर्यप्त छ । तर प्रचारप्रसार नभएर ओझेलमा परेको हो ।

यस्तै सैनामैनाका साइकल साथी गोविन्द ज्ञवालीले साइकल यात्राले पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा गर्ने बताउनु भएको छ । उहाँले भन्नुभयो, मुटुरोग भएको व्यक्तिहरुले साइकल एकदमै चलाउनु पर्छ । त्यस्ता रोग लागेका व्यक्तिका लागि साइकल यात्राले फाइदा गर्छ ।
त्यस्तै देशका लागि सोच्ने हो भने अहिलेको अवस्थामा झन साइकल चलाउनु राम्रो हो । साइकलमा पेट्रोल हाल्नुपर्दैन जस्लेगर्दा व्यक्तिगत फाइदा संगै सरकारले गरेको निर्णयमा समर्थन पनि हुनजान्छ ।

नवलपरासी जिल्ला पर्यटनको हिसाबले प्रचुर सम्भावना बोकेको जिल्लाको रुपमा रहेको छ । ती स्थलहरु प्रचारप्रसारको अभावमा ओझेलमा परेपछि “स्वास्थ्य र सम्पदा, कायम राखौं प्राकृतिक हराभरा” भन्ने मूल नाराका साथ नवलपरासी सम्पदा साइकल यात्रा २०८३ आयोजना गरिएको क्लबका सचिव बासुदेव पौडेलले बताउनु भयो ।

साइकल यात्रा सुनवल नगरपालिकामा रहेको ठुलो कृष्ण मूर्ती मन्दिरबाट सुरु भएर परासीको बुद्धचोक हुँदै रामग्राम स्तूप, बर्दघाट नगरपालिकाको भटौलिया बजार हुँदै कन्चनकुटी, सुनवल नगरपालिकाको बाबा बर्दगोरी मन्दिर र कृतिपुर हुँदै सुनवल स्थित ब्लु लोट्स रिसोर्ट सम्म ७० किलोमिटरको साइकल यात्रा सम्पन्न भएको सचिव पौडेलले भन्नुभयो ।

साइकल यात्रामा नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु र पूर्वी नवलपरासीबाट साइकल साथिहरु सहभागि भएको उहाँले बताउनु भयो ।

ट्यागहरू: साइकल यात्रा
लेखक: अनिल यादव
सेयर गर्नुहोस्: