‘मैले हतासमा राजीनामा दिएको थिइनँ’

मेरो राजीनामामा टीकाटिप्पणीबारे मलाई केही भन्नु छैन

जनविचार

जनविचार

चैत १०, २०८२ 95 views
1 Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले कुनै हतारो र हतास भएर राजीनामा नदिएको बताउनु भएाकाे छ ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै आहाँ भन्नुभयाे, म विधान अनुसार नै उपसभापतिलाई राजीनामा दिएको भएपनि अस्वीकृत भइसकेको छ।

Advertisement

विशेष महाधिवेशन नगरी चुनावमा गएको भए कसरी सामना गर्नुपर्थ्यो भन्ने कसैले कल्पना नै नगरेको भन्नुभयाे ।

उहाँले आफूहरूले विशेष महाधिवेशन गरेर कुनै कमजोरी नगरेको जिकिर गर्नुभयाे।

उहाँले भन्नुभयाे, ‘हामी चुनावमा प्रतिस्पर्धा गर्ने सबैले परिस्थितिबारे मूल्याङ्कन गरेका छौँ । जो कांग्रेसका उम्मेदवारका निम्ति मत माग्न आउनुभएन वा मत हाल्न जानुभएन उहाँहरूले यसको बारेमा अनुमान लगाउन सक्नुभएन ।’

उहाँले भन्नुभयाे, ‘मेरो राजीनामामा टीकाटिप्पणीबारे मलाई केही भन्नु छैन। राजीनामाको सोच बनाइसकेपछि मैले उपसभापति विश्वप्रकाश शर्मासँग नै मैले आफ्नो भावना राखेको थिए। निर्वाचन लगत्तै राजीनामा दिन चाहन्थे। तर केही प्राविधिक कुराले रोक्यो।’

विशेष महाधिवेशनबाट आएको नेतृत्वले महाधिवेशनको जिम्मेवारी पूरा गर्ने उहाँले भन्नुभयाे। म पार्टीका नेताहरूलाई राजीनामा स्वीकार गर्न आग्रह गरेपनि अपेक्षाभन्दा भिन्न निर्णय केन्द्रीय समितिले गरेको छ।आफ्नो अपेक्षा विपरीत निर्णय केन्द्रीय समितिले गरेको भएपनि सम्मान गरेर अघि बढ्ने भन्नुभयाे ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: