नवलपरासी कारागारमा १८० कैदी फर्किएन्न
केही कैदीबन्दीहरु आँफै फर्केर आएपनि केहिलाई प्रहरीले पक्राउ गरि कारागार पठाएको थियो । जस्मा १५० जना पुरुष र ३० जना महिला कारागारमा हाजिर नभएर फरार नै रहेको प्रशासनले बताएकाे हाे।
नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीहरु मध्ये १८० कैदीहरु अझै फरार नै रहेका छन् ।
भदौं २३ र २४ गतेको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी करागारबाट ५४६ कैदीहरु भागेका थिए । जसमध्ये ३६२ जना नवलपरासी करागारमा फर्किए भने ४ जना अन्य कारागारमा फर्किएर बसेको कारागार प्रशासन नवलपरासीले जनाएकाे छ । केही कैदीबन्दीहरु आँफै फर्केर आएपनि केहिलाई प्रहरीले पक्राउ गरि कारागार पठाएको थियो । जस्मा १५० जना पुरुष र ३० जना महिला कारागारमा हाजिर नभएर फरार नै रहेको प्रशासनले बताएकाे हाे। कारागारलाई आफ्नो नियन्त्रणमा लिएर भागेका कैदीहरुलाई कारागार प्रशासनले सूचना जारी गर्दै समयमै पुनःकारागार फर्किनका लागि सूचना जारी गरेको थियो ।
कैदीहरु कारागारबाट भाग्नु भन्दा पहिला नवलपरासी कारागारमा ५७५ जना कैदीहरु रहेका थिए । जस्मा ४१ जना विदेशी (भारतीय) कैदीहरु थिए । भारतीय कैदीबन्दीहरु मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरि कारागार बुझाएपनि ३८ जना अझै फरार नै रहेका छन् । फरार कैदीबन्दीहरुलाई खोजतलास गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी बीर दत्त पन्तले बताउनु भएको छ ।
कार्तिक २३, २०८३