नवलपरासीमा किर्ते ठगी आरोपका वडाअध्यक्ष यादव पक्राउ

जनविचार

जनविचार

श्रावण २३, २०८३ 102 views
1 Shares

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष हरेन्द्र यादव पक्राउ पर्नु भएको छ । 

जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मदन थापाका अनुसार यादवलाई जग्गा कारोबारमा किर्ते ठगी गरेको आरोपमा पक्राउ गरिएको हो । यादवलाई इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटेको टोलीले शुक्रवार राति करिब एक बजे बर्दघाट क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) रेशमलाल पौडेलले बताउनु भयो ।

Advertisement

यादवले पक्राउ नगर्नका लागि उच्च आदालत तुलसीपुरमा निषेधाज्ञा (अल्पकालीन अन्तरीम आदेश) माग गर्नुभएको थियो । तर उच्च आदालतले पनि अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको उहाँले बताउनु भयो । सो मुद्धावारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

लेखक: जनविचार
सेयर गर्नुहोस्: