नवलपरासीमा गाँजासहित एक जना पक्राउ

जनविचार

जनविचार

बैशाख २९, २०८३ 161 views
3 Shares

नवलपरासी । नवलपरासीमा प्रहरीले लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको सुनवल नगरपालिका–४ बेलारी निवासी ५२ वर्षीय तारा बहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वीर दत्त पन्तले जानकारी दिनुभएको छ । उनले आफ्नै घरमा सञ्चालन गरेको ‘पर्वत धौलागिरी होटल एण्ड रेष्टुरेन्ट’ मा  प्रहरीले खाेज तलास गर्दा २ केजी २० मिलिग्राम गाँजा बरामद गरि उनलाई नियन्त्रणमा लिएकाे उहाँले भन्नुभयाे ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ बजे उनकाे घरमा छापा मारेको थियो। प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएकाे जिल्ला प्रहरीले जनाएको छ।

ट्यागहरू: अपराध
लेखक: जनविचार
सेयर गर्नुहोस्: