खुकुरी देखाई युवतीमाथि कुटपिट गर्ने युवक लागुऔषधसहित पक्राउ
दाङ । दाङको तुलसीपुर मा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
दाङकाे तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरले तीन महिनाअघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै कुटपिट गरेका थिए । त्याे घटनाको भिडियाे उनि मंगलबार बेलुका करिब साढे ८ बजे आफ्नै फेसबुक आईडीमार्फत सार्वजनिक गरेपछि प्रहरीले अनुसन्धान गर्दै उनलाई पक्राउ गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार राति साढे १० बजे उनकाे आफ्नै घरबाट लागुऔषध सहित पक्राउ गरेकाे प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कार्तिक २४, २०८३