विश्व बक्सिङ्ग काउन्सिल सम्मेलनमा नेपाल प्रोफेश्नल बक्सिङ्ग कमिशन पहिलोपटक सहभागी हुँदै

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 33 views
0 Shares

नवलपरासी, १२ मंसिर । विश्व बक्सिङ्ग काउन्सिल (ध्द्यऋ) सम्मेलनमा नेपाल प्रोफेश्नल बक्सिङ्ग कमिशन (ल्एद्यऋ) पहिलो पटक सहभागिता जनाउन जान लागेको छ । कमिशनका अध्यक्ष राजन विक्रम प्रजापतिको नेतृत्वमा नेपाल बक्सिङ्गका राष्ट्रिय रेफ्रि दिपेश शर्मा सहित दुईजनाको सहभागिता हुनेछ ।

Advertisement

अगामी नोभेम्बर ३० देखि डिसेम्बर ५ सम्म थाइल्यान्डको बैंककमा हुने ६३औँ विश्व बक्सिङ्ग काउन्सिल (ध्द्यऋ) को वार्षिक सम्मेलनमा नेपाल पहिलोपटक औपचारि उपस्थिति जनाउन जानलागेको अध्यक्ष प्रजापतिले जानकारी दिनुभएको छ । उहाँहरु डिसेम्बर १ देखि सहभागिता जनाउने बताउनु भयो । उहाँले भन्नुभयो, “सम्मेलनमा अन्तर्राष्ट्रिय बक्सिङ्गका नयाँ नीतिहरु, खेलाडी सुरक्षा मापदण्ड अद्यावधिक, प्रशिक्षण तथा स्वास्थ्य प्रणाली सुधार्ने जस्ता महत्वपूर्ण कुराहरु हुनेछ ।” जस्मा करिब १५० भन्दा बढि नै देशहरुको सहभागित रहने उहाँले भन्नुभयो ।

बक्सिङ्गका राष्ट्रिय रेफ्रि शर्माले यस सम्मेलनमा सहभागिता पछि थप उर्जासहित अगाडि बढने बताउनु भएको छ । उहाँले भन्नुभयो, “ नेपालमा पछिल्लो समय बक्सिङ्ग तर्फ आकर्षण बढ्दो क्रममा छ । त्यसैले सम्मेलनबाट फर्किपछि सशक्तरुपले लाग्ने र यसैमा खेलाडीहरुलाई भविष्य बनाउने तर्फ लाग्नेछौं ।”

उहाँ थप्दै भन्नुभयो, अफिसियल समूहमा रेफ्रिको रुपमाम सहभागी हुनु नेपाल सहति नवलपरासीको लागि गौरवको कुरा हो ।

विश्व सम्मेलनमा नेपालले पहिलोपटक सहभागिता जनाएको अवसरमा नवलपरासी बक्सिङ्ग एसोसिएसन र बरेफुट तेक्वान्दो एकेडेमीले शर्मालाई शुभकामना सहित बिदाइ गरेको छ ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: