मुम्बईले काेलकातालाई ६ विकेटले पराजित गर्याे

सार्दुल ठाकुर ले ३ ओभरमा ३९ रन दिएर विकेट३ हाथ पार्दै उनी 'प्लेयर अफ द म्याच' बने ।

अनिल यादव

अनिल यादव

चैत १६, २०८२ 142 views
1 Shares

नवलपरासी । ईन्डियन प्रेमियर लिग (आईपीएल) अन्तर्गत दाेस्राे दिनकाे सम्पन्न खेलमा मुम्बईले काेलकातालाई ६ विकेटले पराजित गर्दै जित हात पारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा २२१ रनकाे लक्ष्य प्रस्तुत गरेको थियो। तर उक्त लक्ष्य मुम्बईले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १९ ओभर १ बलमा ४ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्‍यो।

मुम्बईका लागि सार्वाधिक रन रियान रकंल्टनले ४३ बलमा ८१ रन, राेहित शर्माले ३८ बलमा ७८ रन, सुर्यकुमार यादवले ८ बलमा १६ रन, तिलक बर्मा १४ बलमा २० रन, कप्तान हार्दिक पाण्डेयाले ११ बलमा १८ रन र नमन ओझाले २ बलमा ५ रन बनाए ।

बलिङतर्फ काेलकाताका बैभव आराेराले ४ ओभरमा ५२ रन खर्चिएर १ विकेट, कार्तिक त्यागिले ४ ओभरमा ४३ रन दिएर १ विकेट र सुनिल नारायनेले ३ ओभरमा ३० रन दिएर १ विकेट लिन भए ।

कोलकाताले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २२० रन को विशाल योगफल तयार पारेको थियो। काेलकाताका कप्तान अजिंक्य रहाणेले ४० बलमा सार्वाधिक ६७ रन बनाए,अंगक्रिश रघुवंशी २९ बलमा ५१ रन, फिन एलेन १७ बलमा ३७ रन र रिंकु सिंह २१ बलमा ३३ रन बनाउन सफल भए ।

​मुम्बई इन्डियन्सले यो कठिन लक्ष्य १९.१ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो र ६ विकेटले खेल जित्यो। सार्दुल ठाकुर ले ३ ओभरमा ३९ रन दिएर विकेट३ हाथ पार्दै उनी 'प्लेयर अफ द म्याच' बने । भने कप्तान हार्दिक पाण्डेया ३ ओभरमा ३९ रन दिएर १ विकेट लिन सफल भए ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: