आईपीएल:आज मुम्बई र कोलकाता भिड्दै

अनिल यादव

अनिल यादव

चैत १५, २०८२ 136 views
1 Shares

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियनस र काेलकाता नाइट राइडर बीच प्रतिस्पर्धा हुँदैछ।

खेल मुम्बईस्थित वानखडे स्टेडियममा बेलुका साढे ७ बजे सुरु हुने छ । मुम्बई टोलीको नेतृत्व हार्दिक पाण्ड्याले गरिरहेका छन् भने कोलकाताको अजिन्क्य रहाणेले सम्हालेका छन्। वानखेडे मैदान ब्याट्सम्यानका लागि अनुकूल मानिने भएकाले आजको खेल उच्च स्कोरको हुनसक्ने अनुमान गरिएको छ। मुम्बईले विगतका खेलहरूमा कोलकातामाथि राम्रो नतिजा निकाल्दै आएको तथ्यांक पनि छ।

दुवै टोलीमा अन्तर्राष्ट्रिय स्तरका खेलाडी रहेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने छ ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: