आईपीएल: राजस्थानले चेन्नईलाई ८ विकेटले हरायाे
नवलपरासी । आईपीएलकाे आज तेस्राे खेलमा राजस्थान राेयलले चेन्नई सुपर किङ्गसलाई ८ विकेटले हराएकाे छ ।
पहिलाे बल्लेबाजी ( ब्याटिङ) गरेकाे चेन्नईले खराब सुरूवातीका कारण खासै रन जाेडन सकेन । चेन्नईले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १२७ रन मात्रै बनायाे । चेन्नईका लागि जैमि ओभरटनले ३६ बलमा सार्वाधिक ४३ रन जाेडे । बलिङतर्फ राजस्थानकाे जाेफ्रा आरचर, नन्द्रे वर्गर र रविन्द्र जडेजाले २/२ विकेट हाथ पारे । भने व्रजेश शर्मा, सन्दिप शर्मा र रवि विश्नाेईले १/१ विकेट लिए ।
जवाफि बैटिङमा उत्रेकाे राजस्थानले राम्राे प्रदर्शन गर्दै १२ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य हासिल गर्याे । राजस्थानका वैभव सुर्यवंशिले १७ बलमा सार्वाधिक ५२ रन बनाए । यशस्वी जैसवालले ३६ बलमा ३८ रन बनाए । भने ध्रुव जुरेल १८ रन र रियान परागले १४ रन बनाए ।
त्यस्तै बलिङतर्फ चेन्नईका अनसुल कम्बाेजले मात्रै २ विकेट लिए । राजस्थानले सहज रूपमा पछ्याउँदै केवल २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। उत्कृष्ट ब्याटिङ प्रदर्शनका कारण राजस्थानले ८ विकेटको फराकिलो जित निकाल्न सफल भयाे ।
कार्तिक २३, २०८३