नवलपरासीमा बेमौसमी वर्षाले धान, तोरी र आलुमा क्षति

अनिल यादव

अनिल यादव

फाल्गुन १४, २०८२ 27 views
0 Shares

नवलपरासी, १४ कार्तिक । पश्चिम नवलपरासीमा मंगलवारदेखि परेको बेमौसमी वर्षाले धान, तोरी र आलु लगायतको बालीमा क्षति पुर्याएको छ । वर्षाले धानबालीमा क्षतिपछि किसानहरु चिन्तित बनेका छन् ।

Advertisement

किसानहरुले धान काटेर घरमा भित्र्याउने समयमा परेको बेमौसमी वर्षाले धानमा क्षति पुगेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख डा. रविन्द्रनाथ चौबेले बताउनु भएको छ ।

उहाँले भन्नुभयो, “नवलपरासीमा यो वर्ष २० हजार ४८० हेक्टरमा धानबाली लगाईएको थियो । तर नवलपरासीमा अहिले सम्म ६० देखि ७० प्रतिशत मात्रै किसानले धानबालीलाई घरमा भित्र्याएका छन् । बाँकी रहेका धानबालीलाई केहि किसानहरुले बाटेर खेतमा राखेको र केहि नकाटि ठडिएकै अवस्थामा छ ।” सबैभन्दा बढि क्षति वर्षाले ढलेको र काटेर खेतमै छोडेको धानबालीमा भएको छ । ठडिएको धान घाम लागेपछि केहि हदसम्म सुधार हुनसक्छ तर पानीमा डुबेको धानलाई यो वर्षाले ठुलो क्षति गरेको उहाँले भन्नुभयो ।

यसैगरी धान काटेर तोरी र आलु लगाउने समय भएको हुनाले तोरी र आलुमा पनि यो वर्षाले थोरै असर गरेको प्रमुख चौबेले बताउनु भएको छ ।

पश्चिम नवलपरासीमा ३ हजार १३९ हेक्टरमा तोरी र १ हजार ७०२ हेक्टरमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्र नवलपरासीका बरिष्ठ बाली संरक्षण अधिकारी एवं सूचना अधिकारी उमाशंकर पौडेलले बताउनु भएको छ । उहाँले भन्नुभयो, यो सयम दलहन(दाल खेती) लगाउने बेला पनि हो तर नवलपरासीमा थोरै मात्रमा लगाउने गरिन्छ ।

लेखक: अनिल यादव
सेयर गर्नुहोस्: