नवलपरासीमा ८० प्रतिशत धान रोपाइँ
पूर्णरुपमा पानी नपरेछि अझै रोपाइँ हुन बाँकी रहेको उहाँले बताउनु भयो ।
नवलपरासी । पश्चिम नवलपरासीमा अहिलेसम्म ८० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र नवलपरासीका अनुसार अझै २० प्रतिशत धान रोपाइँ भएको छैन् ।
कृषि ज्ञान केन्द्र नवलपरासीका सूचना अधिकारी चन्द्र प्रकाश गुप्ताका अनुसार पश्चिम नवलपरासीमा कुल खेति योग्य क्षेत्रफल ३९ हजार ४०७ हेक्टर मध्ये २ हजार ८८७ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । तर हालसम्म ८० प्रतिशत मात्रै धान रोपाई भएको उहाँले बताउनु भयो । पूर्णरुपमा पानी नपरेछि अझै रोपाइँ हुन बाँकी रहेको उहाँले बताउनु भयो ।
सात स्थानीय तह रहेको पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा अधिकांश किसानहरुले उँखु र केरा खेति गर्दै आएका छन् । त्यहाँका किसानहरुले आँफुलाई खान पुग्नेगरी मात्रै धान लगाउने गरेका छन् । भने रामग्राम नगरपालिका, पाल्हीनन्दन र सरावल गाउँपालिमा धान खेति गर्ने किसानहरु धेरै रहेका छन् । त्यस्तै सुनवल र बर्दघाट नगरपालिकामा पनि धान खेति राम्रै हुने गरेको सूचना अधिकारी गुप्ताले बताउनु भएको छ ।
अहिले धान रोपाइँ गरिसकेका र रोपाइ नगरेका दुबै किसान अकाशे पानीको पर्खाइमा छन् । धान रोपाइँ गरेका किसानहरुको खेत पानी नपरेपछि ध्वजा फाट्न सुरु भइसकेको छ । लामो समयदेखि पानी नपरेपछि पाल्हीनन्दन, सरावल, प्रतापपुर, सुस्ता क्षेत्रका किसानहरुले नहर र बोरिङको माध्यमले धान रोपाइँ गरेका छन् ।
रामग्राम, सुनवल र बर्दघाट नगरपालिका क्षेत्रका पनि किसानहरु नदि, खोल्सा, नाला तथा सड्क छेउको खाल्टोबाट बोरिङले पानी तानेर धान रोपेका छन् ।
कार्तिक २४, २०८३